जिल्ला परियोजना सल्लाहकार समितिको बैठक

जर्मन नेपलीज हेल्प एसोसिएसनले जिल्ला भित्रका विद्यालयका शैक्षिक तथा विभिन्न शैक्षिक क्रियाकलापका विषयमा जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न गरेको छ ।
तत्कालिन जिल्ला शिक्षा कार्यलयसँगको समन्वयमा उक्त संस्थाले स्थानीय गैरसरकारी संस्था विकासका लागि एकता संस्थाको सझेदारीमा बाह्रबिसे नगरपालिकाका ७, त्रिपुरासुन्दरी गाँउपालिकाका १ , चौतारा साँगाचोकगढी नगरपालिकाका १ मेलम्ची नगरपालिकाका ३ र हेलम्बु गाँउपालिकाका २ गरि १४ ओटा सामुदायिका विद्यालयमा कक्षा १ देखि ५ सम्मका कक्षाका बालबालिकाको शैक्षिक सुधारका लागि कार्यक्रम भइरहेको सस्थाका कार्यक्रम संयोजक चन्द्र कुमार श्रेष्ठले बताउनु भयो । अहिले यो कार्यक्रम सिन्धुपाल्चोक जिल्ला नेपालकै पहिलो स्थानमा रहेका समेत उँहाले जानकरी दिनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङको सभापतित्वमा जिल्ला समन्वय समितिमा भएको बैठकमा प्रमुख अतिथिको तर्फबाट बोल्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले सिकाईका कार्यक्रमहरु जुनसुकै प्रकारबाट गरिएतापनि गुणस्तरीय शिक्षा प्रदानको लागि स्थायित्व र स्थानीय सरकारको प्रत्यक्ष निर्देशन र निगरानीमा हुनुपर्ने बताउनुभयो ।
उहाँले यसरी जिल्लामा सिकाईको उपलब्धीहरु भइरहँदा यसको निरन्तरताको लागि पनि सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला शिक्षा समिति सिन्धुपाल्चोकका  अध्यक्ष कृष्णगोपाल तामाङले राष्ट्र संघीयता तर्फ गइसकेको र स्थानीय सरकारहरुले स्थानीय शिक्षा नीतिलाई समय अनुकूल शिक्षा सिकाई रणनीतिमा समेत स्थानीय अनुकूलतामा योजना अगाडि सारिरहँदा सरकारले लागू गरेको यो सिकाई प्रवृत्तिले शिक्षामा अझ गुणस्तर वृद्धि हुने भएकाले यसलाई जिल्लाव्यापी रुपले विस्तार गरेर शिक्षा सिकाईमा सहजिकरण गर्नुपर्ने बताउनुभयो ।
जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटाले यस्ता सिकाईका कार्यक्रमहरु लागू भएका ठाउँमा आफूले पूर्ण रुपमा अनुगमन गरेको र अनुगमनको क्रममा राम्रो देखिएका कारण केही ठाउँमा भएका कमी कमजोरीहरुलाई सुधार गरेर जिल्लाका बाँकी विद्यालयहरुमा पनि यो कार्यक्रम विस्तार गर्नुपर्ने बताउनुभयो । गैरसरकारी महासंघका सोम सापकोटाले सरकारी तथा गैर सरकारी कार्यालयहरुबाट गरिने क्रियाकलापलाई कुनै स्थानमा कुनै कारणले स्थगित गर्नुपर्दा सोही कार्यक्रम तथा क्रियाकलापहरु जिल्लाकै अर्को स्थानमा गरेर भएपनि कार्यक्रमको उद्देश्य अनुसार विद्यालय सिकाईलाई सहज गर्नको निमित्त कार्यक्रम  समापन गर्नुपर्ने बताउनुभयो ।
त्यसैगरी नगर प्रमुखहरुको तर्फबाट बोल्दै  मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले शिक्षण सिकाईको लागि यो कार्यक्रम गुणस्तरिय रहेका हुँदा यसलाई नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयमा सञ्चालन गर्न र दिगो बनाउनु यो आर्थिक बर्षमा बजेट समेत विनियोजन गरेको बताउँदै यसको निरन्तरतामा सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

,