लिसखुंपाखर गाउँपालीका शिक्षा सुनिश्चीत घोषणा हुने

 
लोकप्रियसमचारदैनिक  लिसखुंपाखर गाउँपालीकालाइ  यही २०७५ भदौ ७ गते आधारभुत शिक्षा सुनिश्चीत  गाँउपालीका  घोषणा गरिन  लागीएको छ ।
 जिल्लामा  आधार भुत शिक्षा सुनिश्चीत गाँउपालीका  घोषणा गर्ने  पहिलो पालीका भएको गाँउ पालीका प्रमुख  कमल नेपालले बताउँनु भयो । उँहाले उक्त दिन  बिहान १० बजे पालीकाको कार्यलयमा उपस्थित भइ दिन हुन अनुरोध समेत गर्नु भएको छ । लिसंखुपाखर गाउँपालिकाले भदौ ७ गते आफ्नो गाउँपालिका भित्र बालबालिकाहरु विद्यालय बाहिर नरहेको र आधरभुत शिक्षा सुनिश्चितता भएको गाउँपालिका घोषणा गर्ने भएको हो  ।सिन्धुपाल्चोकका १२ स्थानीय तह मध्ये लिसंखुपाखर गाउँपालिकाले आधरभुत शिक्षा सुनिश्चितता भएको गाउँपालिका घोषणा गर्न लागीएको  कार्यक्रमको प्रदेश ३ का सामाजिक विकास मन्त्री नेकपाका केन्द्रीय सदस्य युवराज दुलाल बाट घोषणा गर्ने कार्यक्रम रहेको गाउपालिकाले जनाएको छ ।


, ,