नमूना काम गर्दै पाँचकन्या युवा क्लव

चौतारा साँगाचोकगढी नगरपालिका ९ स्थित भैंसै बजारका माझी समुदायका युवाहरुले पाँचकन्या युवा क्लव गठन गरेका छन् । 
दर्ता पश्चात पहिलो बैठक बसेर क्वलले आफ्नो गाउँ आफै सफा गर्ने प्रस्ताव पारित गरेको अध्यक्ष श्याम माझीले जानकारी दिनुभयो । पहिलो चरणमा बजार तथा मानव वस्ती भन्दा १ सय मिटर टाढा व्यवस्थित रुपमा बंगुर तथा कुखुरा पालन गर्न सूचना जारी गरिएको थियो । त्यसपछि क्लवले गत बुधबार र बिहीबार करिव ३ सय मिटर सडकको नाला सफा गरेको छ ।
त्यसैगरी चौतारा साँगाचोकगढी नपा वडा नं.  ९ का वडा अध्यक्ष विष्णु लामाले क्लवको कार्यको सराहना गर्दै क्लवलाई सधैं साथ दिने र सहयोग गर्ने बताउनुभयो । उहाँले आगामी दिनमा समेत यस्तै कार्य गरी स्थानीय निकायलाई सहयोग गर्न क्लवलाई अनुरोध समेत गर्नुभयो ।

,