हेलम्बु गाँउपालिका वडा नं १ र ६ लाई जोड्ने चालिसे चिउरीखर्क झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएको छ ।
गाँउपालिका, जिल्ला सरोकार समिति, केन्द्रीय सरकार र कधबउ संस्थाको सहयोग ४९ लाख २० हजार रुपियाँ लागतमा पुल निर्माण कार्य सम्पन्न भएको हो । हिजो सो पुलको उद्घाटन गर्नुहुँदै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले छोटो समयमा पुल निर्माण कार्य सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले समुदायको आवश्यकता अनुसारको काम गर्ने बताउनुभयो ।
हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष कोपिला पण्डितले पुल बनेपछि धेरै बर्ष अघिदेखिको समस्या समाधान भएकोमा खुसी व्यक्त गर्नुभयो । पुल निर्माणको अगुवाइ गर्नु भएकी पार्वती भण्डारीले आफूले सानोमा पाएको दुःख सम्झेर त्यस्तो दुःख अरु कसैले नपाऊन् भनेर पुल निर्माणमा आफू खटेको बताउनुभयो ।
उहाँले हेलम्बु गाँउपालिकाको सहयोग र वडा अध्यक्षको सहयोगले नै आफ्नो अगुवाइमा यो काम गर्न सकेको बताउनुभयो ।
हेलम्बूमा पुल निर्माण कार्य सम्पन्न
[email protected] Powered by Blogger.
