घट्रयो जताततै कर चौतारा पछी बाह्र्बिसे


नेपालको सम्बिधानमा ब्यबस्था भए आनुसार संघियता लागू भएर स्थानीय सरकार गठन भएपछि स्थानीय सरकारले  निर्धारण गरेका करहरु धमाधम बदर गर्न र   घटाउँन थालेका छन । पालीकाहरुले आफूखुसी लगाएका करहरु र बढाइएको दस्तुरहरुमा व्यापक विरोध आएपछि घटाउने बदर गर्ने निर्णय गर्न थालेका हु छान् ।
नेपाली कांग्रेसले जितेका पालिकाहरुमा कर नबढाउन र जनताको प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा कर नलिन कांग्रेसले निर्देशन दिएसँगै नेकपाले जितेका निकायहरुमा पनि करमा फेरबदल हुन थालेको छ ।
सिन्धुपाल्चोक जिल्लास्थित १२ निकायहरु मध्ये चौतारा साँगाचोकगढी नगरपालिकाले प्रत्यक्ष रुपमा सरोकार राख्ने विषयमा कर नलिने घोषणा गरिसकेको छ भने बाह्र्बिसे नगरपालीकाले पनी बिभिन्न बिषयहरुमा गरेको करको निर्णय बदर गरेको छ । हामीलाइ प्राप्त समचारु अनुसार  छात्रबृत्ती सिफारिस  सामाजीक सुरक्षा,प्रकृतीक प्रकोप असाय अपाङ्गता परिचय पत्र असाय आर्थीक सहयता सिफारिस र ३५दिन भित्र ब्यक्तीगत घटना दर्ता गर्दा कुनै पनी शुल्क नलाग्ने प्रमुख प्रशाशकिय अधिकृत प्रेम बहादुर देसारले  जानकारी गराउँनु भएको छ । सिन्धुपाल्चोकका १२ वटा स्थानीय तहहरु मध्य यस अघी नै चौतारा साँगाचोकगढी नगरपालीकाले   प्रत्यक्ष सरोकारवाला केही बिषयहरुमा कर निशुल्क गरी सकेको छ। यसरी जिल्लाको कर निशुल्क गर्ने बाह्र्बिसे दाश्रो नगर पालीका परेको छ ।   


,