शिक्षा सुधारका लागि सबै मिलेर अगाडि बढ्नुपर्नेः श्रेष्ठ

आगामी दिनमा विद्यालयको शिक्षा सुधारका लागि विव्यस, शिक्षक अभिभावक संघ, शिक्षक, विद्यार्थी सबै मिलेर अगाडि बढ्नुपर्ने डडुवा भवानीशंकर मावि डडुवाको त्रिपक्षिय अन्तरक्रिया कार्यक्रममा बताइएको छ ।
विव्यस अध्यक्ष शेरबहादुुर श्रेष्ठले आगामी दिनमा विद्यालय शिक्षा स्तरउन्नती गर्नका लागि सबै मिलेर अगाडि बढनुपर्ने बाताउनुभयो । 

वडा अध्यक्ष समेत रहनुभएका श्रेष्ठले विद्यालयको शिक्षा स्तरोन्नतीका लागि आर्थिक कमजोरी हुन नदिने बताउँदै विद्यार्थीको शिक्षा स्तर वृद्धिका लागि अग्रसर रहनुपर्ने बताउनुभयो ।
विद्यालयका प्रअ बद्रीप्रसाद नेपालले विगतमा भएको कमी कमजोरीलाई सच्याउँदै विद्यालयको सिकाई उपलब्धीको लागि अग्रसर हुनुपर्ने बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षा नभएसम्म हामीले सिक्नुको महत्व नभएको देखिने बताउनुभयो । त्यसतर्फ ध्यान दिन सबैले आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने उहाँले बताउनुभयो ।

शिक्षक अभिभावक संघका अध्यक्ष उद्धव नेपालले विगतका वर्षहरुमा भन्दा पछिल्लो वर्षमा सिकाईको कारण भन्दा पनि विद्यार्थीहरु सबैलाई पास गर्नु नै मुख्य कमजोरी रहेको बताउँदै विद्यार्थीको सिकाईको आधारमा मूल्याङ्कन गरेर पढाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।
डडुवा भवानीशंकर माविले शिक्षकलाई समेत ३ भागमा विभाजन गरी जिम्मेवारी दिएको छ । जसमा १–३, ४–८, ९, १० र ११–१२ कक्षा हेर्ने शिक्षक, अनुशासन विभाग लगायत विभिन्न विभागको  जिम्मेवारी दिएर कार्य अगाडि बढिरहेको छ । बैठकले भाद्र मसान्तभित्र विव्यस पुनर्गठनका लागि  अभिभावक भेला गराउने निर्णय समेत गरेको छ ।   

,