जनविकासको अध्यक्षमा पराजुली चयन

चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ११ स्थित जनविकास माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा अशोक पराजुली चयन हुनुभएको छ ।

मंगलबार विद्यालयमा भएको अभिभावक भेलाबाट पराजुलीको अध्यक्षतामा १० सदस्यीय समिति चयन भएको विद्यालयका प्रधानाध्यापक शंकरप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

प्रअ पराजुलीका अनुसार समितिका अन्य सदस्यहरुमा विमलराज गिरी, उद्धव गिरी, उषा पराजुली, प्रमिला अर्याल, उर्मिला अर्याल, वडा प्रतिनिधि रिता गिरी, शिक्षक प्रतिनिधि रुद्रप्रसाद पराजुली, शिक्षक अभिभावक संघका अध्यक्ष खेलाज गिरी र सदस्य सचिवमा प्रअ शंकरप्रसाद पराजुली रहनुभएको छ । नगर शिक्षा समितिको नयाँ नियमावली अनुसार सबै विद्यालयमा नयाँ विव्यस गठन गर्ने क्रम चलिरहेको विद्यालय स्रोतव्यक्ति खिकादेवी नेपालले जानकारी दिनुभयो ।

साँगाचोकमा रहेका ४ माध्यमिक विद्यालय मध्ये रामदेवी मावि हर्रे, जल्केनीमा विवादका कारण विव्यस गठन हुन सकेको छैन भने भीमसेन मावि खत्रीथोकमा बुधबार अभिभावक भेलाबाट ४ जना सदस्य चयन भएतापनि समितिले पूर्णता पाएको छैन । त्यस्तै जनजागृती माविको अभिभावक भेलाबाट भाद्र ३१ गतेका लागि बोलाइएको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.