वर्षाको कारण दुई लाख बराबरको क्षति

विना श्रेष्ठ/अविरल वर्षाका कारण भोटेकोशी गाउँपालिका–५ ह्याङ्लेमा बुधबार राती छ्यादी खोलाले ग्यालछिरी शेर्पा र पासाङनुर्बु शेर्पाको घरमा २ लाख बराबरको क्षगि गरेको छ ।
छ्यादी खोलाबाट ढुङ्गा आएर घरलाई लागेर घरमा क्षति भएको थियो । घरको गाह्रो प्वाल परी खोलाको लेदो घरभित्र पस्दा उक्त क्षति भएको हो । वर्षाको कारण छ्यादी, ह्याङ्ले जाने बाटो समेत अवरुद्ध भएको छ । बाटो अवरुद्ध भएको कारण सो ठाउँमा जाने मानिसहरु भीरको भित्ता र पानीमा नै डुबेर आवातजावत गर्ने गरेका छन् ।
त्यस्तै वर्षाका कारण भोटेकोशी गाउँपालिकाका झ्याले, चाकु र ३ किलोमा सानोतिनो पहिरो गइरहेको छ । पहिरोको काररणले यात्रा गर्ने यात्रुहरुलाई समस्या परेको छ । माथीबाट ढुङ्गा खसिरहेको हुनाले यात्रा गर्न जोखिम समेत रहेको छ । भोटोकोशी जलविद्युत आयोजनाको मेशिन नआएसम्म अवरुद्ध बाटो नखुल्ने भएको छ ।

तस्वीरमा छ्यादी खोलाले गराएको क्षति: