बिगतका केही महिना देखि यूटयूबमा निकै नै चर्चा कमाउदै आएको नेप ग्याजम स्टयाण्ड अप कमेडी शो ले सेलिब्रेटी म्यानेजमेन्ट नेपालसँगको संयुक्त आयोजनामा यही श्रावण १९ गते शनिबारको दिन लाइभ स्टयाण्ड–अप कमेडी शो सिजन ३ राजधानीको कालिकास्थान स्थित सर्वनाम थिएटरमा सम्पन्न गरेको थियो । रगंमञ्चमा नाटक मात्र होइन हाँस्य कार्यक्रम पनि सञ्चालन गरेर दर्शक लाइ भरपूर मनोरञ्जन गर्न सकिन्छ भन्ने नेप ग्याजम स्टयाण्ड अप कमेडी शो ले प्रमाणित गरेको छ ।
सिजन १ र सिजन २ को अपार सफलता पछिको यो तेश्रो सिजनमा पाँच जना हाँस्य कलाकारहरु लेखमणी त्रिताल, डोरेश खतिवडा, रुजा ओझा, सरोज भण्डारी साथै गेस्ट आरटिस्टमा कलाकार रोशन सुवेदीले आफ्ना दमादार प्रस्तुतीहरु दिएर उपस्थित करिब २५० दर्शकहरुलाई २ घण्टासम्म पेट मिचि मिचि हाँस्न बाध्य बनाएका थिए । सो कार्यक्रमको उदघोषण सोमिता धमलाले गरेकी थिइन भने कार्यव्रmममा उपस्थित दर्शकहरुले फेरी पनि यस्तो कमेडी सो आयोजना गर्न आयोजक सँग माग गरेका थिए ।
कार्यव्रmमलाई बेस्ट डिल्स नेपाल, बाइक होलिक सरभिस प्रा.लि., द क्ले – टेक सलुशन प्रा.लि. र हाम्रो पात्रो ले प्रायोजन गरेको थियो भने भेन्यू पाटनर सर्वनाम थिएटर रहेको थियो ।
नेपालमै पहिलो पल्ट रगंमञ्चमा नेप ग्याजम लाइभ स्टयाण्ड अप कमेडी शो सिजन ३
[email protected] Powered by Blogger.
