प्राविधिक कार्यलय बसेको स्काउटको भवन एक मिटर भासियो

कमला पख्री न
जिल्लाको सदरमुकाम चौतारामा जिल्ला प्राविधिक कार्यलय बसेको जिल्ला स्काउटको भवन १ मिटर भासिइएको छ ।
निरन्तरको वर्षाले प्राविधिक कार्यलयका कर्मचारी बस्ने कक्षको पछाडिको भाग भासिएको र गारो चर्किएपछि दिनभर काम प्रभावित भएको कार्यलयका नायव सुब्बा प्रकास मणि ढुङ्गेलले बताउनुभयो ।

बुधबार सामान्य अवस्थामा भएको भवन विहान कार्यलय खोल्दा भासिएको देखेको ढुङ्गेलले बताउनुभयो ।
जोखिम वढेपछि कागजपत्र, फनिर्चरका सामाग्रीहरु र उपकरण जिल्ला समन्वय समितिमा सारीएको छ । जमिन भासियर कार्यलयनै पल्टिन ठिक्क परेको स्काउटकि मिना देवि श्रेष्ठले बताउनुभयो । पानीले भवन पछाडिको माटो वगाएपछि स्काउटका भवनमा जोखिम  वढेको श्रेष्ठको भनाई छ । हतार हतारमा सामाग्रि सार्नुपर्दा जिल्ला प्राविधिक कार्यलयका कागज पत्र  र फाईल सबै तलमाथि भएको लेखापाल सुवोध रेग्मीको भनाई छ ।

, , ,