जुनीएल्बमसार्वजनिक

सुबास प्रधान  नेपाली गीत संगीत क्षेत्रमा बेला बखतमा नया प्रयोग भएको देखिन्छ ्र यसले सांगीतिक क्षेत्रमा नै केहि किसिमको नया आमुल परिवर्तन लिएर आएको पनि छ ्र यस्तै गीतकार निर प्रसाद गुरुङ्गले पनि नेपाली सांगीतिक क्षेत्रमा केहि नया गर्ने प्रयास गरेका छन् ्र यहि स्वरूप उनले आफ्नै शब्द र संगीतमा जुनी नामक एल्बम रिलिज गरे ्र सम्भवत पहिलो पटक नेपाली सांगीतिक क्षेत्रको इतिहासमा “गीत एक, संगीत अनेक” को रुपमा तैयार पारिएको एल्बम “जुनी” रिलिज उनले सबैको सामुसार्वजनिक गरे ्र

यो एउटा एस्तो एल्बम हो जसमा गीत एक छ शब्द पनि एक छ तर संगीत भने अनेक छ ्र यो नौलो प्रयोग पनि मानिएको छ नेपाली गीत संगीत क्षेत्रमा ्र निर प्रसाद गुरुङ्गको यो प्रयासले केहि नया बाटो समेत खोलेको छ र उनि सांगीतिक क्षेत्रमा एक उदहारण पात्रको रुपमा समेत उभिन सफल भए ्र उनको “जुनी” एल्बमको गीतहरु केहि महिना अगाडी नै सार्वजनिक भईसकेको छ ्र उनको यस “जुनी” एल्बममा ४ वटा गीत समावेश रहेका छन्। यसको विशेषता चारवटै गीतको शब्द एउटै रहेको छ भने लय र ताल अलग अलग धारमा दर्शक( श्रोताहरुले सुन्न पाउनु हुनेछ।

यस एल्बमको गीतहरुमा शब्द र संगीत निर प्रसाद गुरुङ्गको रहेको छ। गीत रचना गर्दा शब्दमा गीत, गजल, मुक्तकको स्वभावको साथमा धेरै भन्दा धेरै “अनुप्रास” देखा परेकोले यो प्रस्तुती गर्न आट आएको गुरुङ्ग बताउछन। यस एल्बम भित्र समावेश सबै गीतको भिडियो निर्माता पनि स्वयम गुरुङ्ग नै रहेका छन्। “गीत एक, संगीत अनेक” रुपको यस प्रकारको गीत नेपाली सांगीतिक इतिहासमा मात्र सिमित न रहेर यो विश्वकै इतिहासमा पनि पहिलो रेकर्ड रहने सम्भावना गुरुङ्गको भनाई छ।

विश्वमा नेपाली संगीतको यस्तो प्रकारको सृजना चिनाउनको लागि अन्तररास्ट्रीय सम्बधित निकायमा “रिसर्च” खोजी गरिरहेको बताउछ। “जुनी” एल्बमको ४ वटा गीतको यो पहिलो गित स् “यो जुनीमा बाँचुन्जेलसम्म, तिम्रै मायाको हात चाहिन्छ” बोलको गीत नेपाली सांगीतिक फाटका बहु चर्चित कलाकार प्रमोद खरेलको अति कर्ण प्रिय स्वरको साथ(हात रहेको छ। यस गीतको संगीत संयोजन बहु चर्चित कलकार बि। बी। अनुरागीले गरेका छन। गीतको भिडियोमा मोडेलमा सनम कठायतलाई अन्जु चौलागाईले साथ दिएका छन्।

यस्तै भिडियोको छायांकन उत्सव दहाल, सम्पादन निशान घिमिरेको छ भने यस भिडियोको निर्देशन प्रकाश धिताल गरेका छन्। यहि हिसाबले यस एल्बममा समावेश अरु गीतहरु पनि रिलिज भईसकेको छ ्र युटुबमा खोजी गर्नु भयो भने सबै गीत दर्शकहरुले कुनै समस्या बिना नै पाउन सक्नु हुन्छ ्र नेपाली सांगीतिक क्षेत्रमा यो नौलो प्रयोगलाई एकपटक सबैले हेरेर सहि ढंगले मुल्यांकन गर्न आवश्यक रहेको देखिन्छ ्र उता निर प्रसाद गुरुङ्गको पनि भनाई यस्तै नै रहेको छ ्र

उनले एकपटक आफ्नो यो फरक प्रयास हेरेर यसको सहि मुल्यांकन गरेर सल्लहा सुझाब र प्रतिक्रिया दिनुहुन सबै दर्शक श्रोताहरु संग अनुरोध गरेका छन् ्र अबको आगामी दिनमा यो भन्दा केहि फरक गरेर देखाउने प्रतिबद्धता समेत उनले जाहेर गरेका छन् ्र यहि अनुरुपले अहिले उनि आफ्नो नया प्रस्तुतिको लागि तयारी समेत गरिरहेका छन् ्र तर उनले अहिले नै यस बिषयमा कुनै आधिकारिक जानकारी भने दिएका छैनन् ्र उनले छिट्टै नै यस बिषयमा खुलासा गर्ने बताएका छन् ्र उनको यो फरक प्रयास साच्चै नै सराहनीय रहेको छ भने नेपाली सांगीतिक क्षेत्रले यसको सहि ढंगले सम्मान गर्नु र यसलाई उपयोग गर्नु जरुरी पनि रहेको छ ्र



, ,