सिपाको सुनकोशीमा कर खारेज

सन्तोष भण्डारी  लोकप्रिय समचार
नेपालमा संघीयता लागु भइ  स्थानीय सरकार, प्रदेश सरकार सञ्चालन भइ सकेको छ । र केन्द्रिय सरकारमा  कम्यनिष्ट पार्टीको नेतृत्वमा  सरकार सञ्चालन भएको छ ।

गरिब  सर्बहाराको पर्टी गरिबको लागी सहुलिएत दिने पार्टी भनेर जनताले कम्युनिष्ट पार्टीलाइ बिश्वास गरेका थिए । तर  कर नलाग्ने चिजमा पनी कर लगाएर जनतालाइ मार्कामा पारे भन्दै  नागकिहरुले सरकारको बिरोध गरिरहेको बेला काँगे्रसले जितेको पालीकाहरुमा कर नलीने निर्णय हरु भइ रहेको छ । सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाँउपालीकामा पनी कर मिनाह गर्ने निर्णय भएको वडाअध्यक्ष रामकुमार थापाले बताउँनु भयो । उँहाका अनुसार नेपाली काँग्रेसका केन्द्रिय सदस्य महोन बहादुर बस्नेतको निर्देशनमा भदौ १४ गते कार्यपालिका बैठक बोलाएर  कार्यपालकिा बाट निर्णय गरि शुल्क नलिने निर्णय गरिएको हो ।  पुर्ब मन्त्री समेत रहनु भएका बस्नेतले नेपाली काँग्रेसले जितेका सबै स्थानीय तह र वडाहरुमा कर नलनि र नतिर्न सबैलाइ  निर्देशन समेत दिनुभएको  समेत थापाले जानकारी दिनु  भयो  नेपाली काङ्ग्रेसले प्रतिनिधित्व गरेको सुनकोशी गाउँपालिका मा भदौ १४ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार कर शुल्क निशुल्क गर्न गाउँपालिका प्रमुख श्रवण कुमार जि.सि (विनोद) ले सम्पूर्ण वडामा निर्देशन दिइ सक्नु भएको छ । उँहाले आफुहरु जनताका समसया समधान गर्न आएको तर जनतालाइ नै मारमा पार्ने खालका निर्णय हरु भएकाले तत्काल यो निर्णय गरेको  समेत बताउँनु भयो । उँहाले उक्त निर्णय भाद्र १५ गते देखी नै कार्यन्वयन गर्न गराउँन पालीकाका सबैलाइ निर्देशन दिइ सक्नु भएको छ ।  विभिन्न शीर्षकमा लगाईएको अनावश्यक कर खारेज भएपछि सुनकोशीपालीकाबासी हर्षित भएका छन् ।

, ,
Lokpriyasamachar@. Powered by Blogger.