बाह्रबिसेमा पहिरोको जोखिम यथावत


 बिना श्रेष्ठ  लोकप्रिय समचार    गत श्रावण ३० गते बाह्रबिसे नगरपालिकाको वडा नं ४ को सबै भन्दा माथिल्लो बस्ती भिरकुनानाबाट  शुरु भएको पहिरो बाह्रबिसे खुर्सानीबारी हुँदै तातोपानी जोड्ने खुर्सानीबारी नजिकै पक्कि पुल २०७५ भाद्र १ गते राती पुलको केही भागमा सादी खोल्चाले असर गरेको थियो भने भाद्र २ गते बेलुका करिब १० बजे उक्त पक्कि पुल पूर्णरुपमा बगाउँनुको साथै बाह्रबिसेको मुख्य बजारमा बाढी पसेर होटल,किराण पसल,बैंक फाईनन्स, बिद्यालय,अन्य पसलमा क्षेती पु्याउनुको साथै बस्ती बिस्ताबित गराईएको थियो ।

भाद्र २ गते दिउँसोबाट बाह्रबिसे नगरपालिका र सडक बिभागबाट स्काभेटर र जे से भि प्रयोग गरी पुल र सडकलाई भएको क्षेती हटाउँने प्रयास गरिएको थियो भने सोही दिनमा प्रदेश नं ३ का उद्योग,पर्यटन,वन तथा वाताववरण मन्त्री मा.अरुण नेपाल,प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारी,सिन्धुपाल्चोक प्रहरी प्रमुखहरुले स्थलगत अनुगमन गरी बिस्तापितलाई सुरक्षित स्थानमा बसोबासको ब्यबस्था मिलाउनुको साथै राहतको ब्यबस्था गर्ने र यस प्रभाबित जोखिमका न्यूनिकरणको लागी कुनै कसर बाँकी नराख्ने जानकारी गरानु भएको थियो । २ गते देखी निरन्तररुपमा ५ वटा मेसिनले आगमनलाई सहज र बजारलाई सुरुक्षित गराने प्रयास भएपनि माथिल्लो ग्रामिण भेगमा कोही कसैको ध्यान गएको देखिदैन भने ४ गते सिन्धुपाल्चोक प्रतिनिधि सभा १ को माननीय संसद अग्नि सापकोटा,स्थाई कमिटि सदस्य अमृत कुमार बोहोरा, ने प पा केन्द्रिय सदस्य माधब सापकोटा,बाह्रबिसे नगर प्रमुख निमफोन्जो शेर्पा लगायतको टोलेले अनुगमन गर्नुको साथै छिट्टै नै पक्कि पुल निर्माण गर्ने र आगमनलाई सहज बनाउने बचन बद्धता गर्नु भएको छ तर जहाँ बढी जोखिम छ त्यहाँ कोही कसैको ध्यान नजाँदा सादी खोल्चा जोखिम जस्ताको तस्तै देखिन्छ किनकी ठूलाठूला चटान,माटाका ढिस्का र बग्नै लागेको जमिनको भागले गर्दा अझै ठूलो क्षेती हुने संभाबना रहेको बाह्रबिसेबाट हिरा खड्काले लोकप्रिय समाचारलाई जानकारी दिनु भएको छ ।

, ,