मेलम्चीमा प्रजनन् स्वास्थ्यबारे छलफल

सञ्जय तामाङ/मेलम्ची नगरपालिका ११, मेलम्ची बजारमा आङ खस्ने सवाल एवं प्रजनन् स्वास्थ्य विषयक अन्तत्र्रिmया कार्यक्रम हिजो सम्पन्न भएको छ । मेलम्ची नगरपालिका तथा महिला प्रजनन् अधिकार वातावरणीय कृषि तथा विकास केन्द्र (केड) ले कार्यक्रम आयोजना गरेको होे ।  अन्तत्र्रिmयामा महिलाहरुलाई हुने आङ खस्ने, पाठेघर क्यान्सर, बाँझोपन लगायतका विभिन्न समस्या र तिनका समाधानको बिषयमा छलफल भयो ।
अझै पनि नेपालमा २५ प्रतिशत महिलाहरुलाई आङ खस्ने समस्या रहेकोले स्थानीय तहले जनस्तरमै महिलाहरुलाई अघिमुखीकरण सचेतना कार्यक्रम सञ्चालनका साथै किशोरकिशोरीहरुलाई  यस्ता समस्या कसरी हुन्छन् र रोकथामका उपाय के हुन सक्छ भनेर शिक्षा दिनुपर्ने कार्यक्रमका सहजकर्ता अरुणा चौधरी र ईश्वरी नेपालले बताउनुभयो । मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपालले महिलाहरुमा हुने यस्ता समस्याहरु आफ्नै घरभित्र पनि हुनसक्ने भएकाले  समाधानको लागि स्थानीय निकायले समस्याको पहिचान, समाधानको योजनाका साथै नीति र बजेट विनियोजन गरेर तीन चरणमा यसलाई न्यूनीकरण गर्दै जानुपर्ने बताउनुभयो ।
अन्तत्र्रिmया कार्यक्रमलाई समापन गर्दै  मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले स्वास्थ्य क्षेत्रका विभिन्न समस्याहरुको पहिचान गरी नगरपालिकामा जानकारी गराउन सबै वडाध्यक्षहरुलाई निर्देशन दिनुभयो । आगामी दिनमा महिलालाई हुने यस्ता खालका समस्याहरुको पहिचान गरी रोकथामका लागि बिभिन्न सचेतनाका कार्यक्रमहरु संचालन गर्दै लैजाने बताउनुभयो ।
कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीप्रसाद थपलिया, वडाका अध्यक्षहरु र महिला सदस्यहरुको सहभागिता थियो ।