पुनर्निर्माण बारे नीतिगत छलफल

भूकम्पपछिको पुनर्निर्माणलाई सहज र सरल बनाउन बनेका पुनर्निर्माण सम्बन्धी नीति नियम र कार्यन्वयनलाई मध्यनजर गर्दै एक अन्र्तक्रिया सम्पन्न भएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालद्वारा संञ्चालित भूकम्पपछिको पुनर्निमाण र पुनस्थापनामा सदाचार कार्यक्रम अन्र्तगत उक्त अन्र्तक्रिया आयोजना भएको थियो  ।
कार्यक्रममा जिल्ला आयोजना कार्यन्वयन ईकाइ (अनुदान व्यस्थापन तथा स्थानिय पुर्वाधार), जिल्ला आयोजना कार्यन्वयन (भवन) तथा जिल्ला स्वास्थ्य कार्यालयबाट हाल सम्मका प्रगति र यस क्रममा भोगेका समस्याहरु जानकारी गराइएको थियो । कार्यक्रममा जिल्ला आयोजना कार्यन्वयन ईकाइ (अनुदान व्यस्थापन तथा स्थानिय पुर्वाधार) प्रमुख माधवजंग कार्कीले राष्ट्रिय पुनर्निमाण प्राधिकरणको हालको नयाँ संरचना बारे जानकारी गराउँदै हाल सम्म पुनर्निमाणमा भएको प्रगति बारे बताउनु भएको थियो ।
उहाँले गत आ.व.मा मात्रै नेपाल सरकार मातहत १६,९१,२२,००,००० रकम खर्च गरेको र यो  चालु आ.व.को लागि २२ अरबको अख्तियारी आएको पनि जानकारी गराउनु भयो । साथै उहाँले सिन्धुपाल्चोकमा २०० गुम्बा क्षति भएको तथ्याङ्क जिल्ला आयोजना कार्यन्वयन ईकाइ (अनुदान व्यस्थापन तथा स्थानिय पुर्वाधार) संग भएको कार्कीले बताउनु भयो । 

जिल्ला आयोजना कार्यन्वयन ईकाइ (भवन) का प्रतिनिधि राकेश देवले सिन्धुपाल्चोकको पुननिर्माण सन्तोषजनक नै भए पनि बडाध्यक्षहरुले इन्जिनियर गाउँमा नबसेको गुनासो गर्ने र पुरा महिनाको हाजिरी प्रमाणित गरेर पठाइदिने परिपाटिले समयमा नै पुननिर्माण सम्पन्न हुनेमा आशंका बढेको बताउनु भयो ।
त्यस्तै जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख उमावति थापाले २५ वटा स्वास्थ्य चौकि नेपाल सरकराले नै मर्मत गरि सकेको भए पनि एम्.डि.एम् मार्फत बनेका प्रिफ्याब संरचनाको क्षमता लामो समय टिक्ने नभएकोल स्थायी संरचनाको लागि पहल भईरहेको बताउनु भयो । जिल्लामा हाल सम्म भूकम्पपछिक पुननिर्माणमा नागरिकहरु राज्य ठग्ने काममा प्रत्यक्ष देखिँदा देखिँदै पनि यस बारे नियमक निकाय मौन बसेकोले बिभिन्न बाहनामा फर्जि लाभग्राहि बनि राज्यलाई ठगिरहेकोले नियमक निकायको ध्यानाकर्षण गर्दै गै.स.स. महासंघका सल्लाहकार संयोजक सोम सापकोटाले गै.स.स.को गलत कामलाई पनि राज्यका उच्च निकाय वा पदाधिकारीको आडमा सहि बनाउने परिपाटिले गर्दा गै.स.स.को काम पनि गलत बाटो उन्मुख हुन लागेकोले उचित अनुगमन गरि दण्ड र पुरस्कारको व्यवस्था गर्न समेत अनुरोध गर्नु भयो ।
कार्यक्रमका विषेश अतिथि प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीले पुननिर्माणको पैसालाई गलतरुपमा प्रयोग भएको पाइए नियमानुसार फिर्ता गराउन सबैको साथ सहयोग भए सम्भव भएकोले सहयोग गर्न अनुरोध गर्दै र्फिता गराउने प्रतिबद्धता समेत जनाउनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका उपप्रमुख बालकुमारी सापकोटाले पुननिर्माणका काममा देखिएको अप्ठ्यारा सबै मिलेर समाधान गर्न सके समयमा नै पुननिमार्णको काम सम्पन्न गर्न सकिने बताउनु भयो ।
कार्यक्रममा टि.आई. नेपाल र परियोजनाका बारे बरिष्ठ अधिकृत दिनानाथ भट्टराईले जानकारी गराउनु भएको थियो भने अध्यक्षता महासचिव पद्मीनी प्रधानाङ्गले गर्नु भएको थियो ।

,