सम्बाद क्लव नेपालको पन्ध्रौं बार्षिकोत्सव सम्पन्न

परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले सरकारको प्रमुख प्राथमिकता सुशासन र विकास भएको बताउनुभएको छ । राजधानीमा सम्बाद क्लव नेपालको पन्ध्र्रौ बार्षिकउत्सव कार्यक्रमलाई सम्बोधन गदै यस्तो कुरा बताउनुभएको हो । सरकारले बिकासको कुरा गर्दा केही पार्टीले बिरोध गरेको भन्दै त्यसको कुनै औचित्य नभएको स्पष्ट पार्नुभयो ।
सरकारले रेल र पानी जहाज चलाउने कुरा गर्दा प्रधानमन्त्रीलाई व्यग्य गदैै केही व्यक्रिले सडकमा जमेको पानीमा कागजको डुङगा छोड्दिने गरेको भन्दै सरकारले विकासका कुरा गर्दा के अपराध भयो भन्दै प्रश्न गर्नुभयो । परराष्ट्र मन्त्री ज्ञवालीले देशमा संचार माध्यमको तीब्र गतीका बिकास भए पनि मिडियाबाट दुरुपयोग भएको समेत आरोप लगाउनुभयो । पछिल्लो समयमा आउँदा मिडियाले डोजरले जस्तै कुनैलाई माथि उठाउने र कुनैलाई तलझाने काम गर्ने गरेको भन्दै केही मिडिया माथि असन्तुष्टी जनाउनुभयो ।
नेकपा मालेका महासचिव सिपी मैनालीले क्लवलाई शुभकामना दिदै बर्तमान सरकार जनताको जनजिवीकाको कुरा भन्दा हावादारी कुरामा बढी केन्द्रीत भएको आरोप लगाउनुभयो । पूर्वउपप्रधान मन्त्री समेत रहेका मैनालीले बर्तमान सरकारले पानी जहाज र रेलका कुरा गरेर जनताको आँखामा छारो हाल्ने काम गरेको आरोप लगाउनुभयो ।
नेपाली कांग्रेका केन्द्रीय सदश्य नारायण खड्काले पनि बर्तमान सरकारको बिरोध गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डको अभिव्यक्तीले सरकार तानाशाहीको बाटो हिडेको आरोप लगाउनुभयो । कुनै सरकारको दुई तिहाई बहुमत भयो भन्दै जे त्यही काम गर्न नपाईने भन्दै सरकारको काम प्रति असन्तुष्टी जनाउनुभयो । कार्यक्रम सम्वाद क्लवका अध्यक्ष रामप्रसाद गैरेको सभापतीत्वमा समापन भएको हो ।