निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

सञ्जय तामाङ/मेलम्ची- मेलम्ची नगरपालिका पशु सेवा शाखा र महिला आत्मानिर्भरता केन्द्र मेलम्चीको आयोजना र अक्सफामको सहयोगमा हिजो मेलम्ची बाहुनेपाटीमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।
मेलम्ची न.पा. वडा न. १२, १३ र इन्द्रावती गा. पा. ७ का  २३२ घरधुरीको पशु परीक्षण र निःशुल्क औषधी वितरण गरिएको महिला आत्मानिर्भरता केन्द्रका  कार्यक्रम संयोजक कृष्ण गुरुङले जानकारी दिनुभयो  । 
प्रायः पशुहरुमा जुका, नाम्ले र खुर पाक्ने समस्या देखिएको उहाँले बताउनु भयो । कार्यक्रममा मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपाल प्रमुख प्रशासकिय अधिकृत देबीप्रसाद थपलियाले यस्ता शिविरले किसानहरुले अरु पशुपालन गर्न उत्प्रेरणा मिल्ने बताउनुभयो ।