बाह्र्बिसे संरक्षणमा तूरुन्त लाग्न बस्नेतको निर्देशन
उज्वल सिग्देल बाह्र् बिसे
नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री महोन बहादुर बस्नेतले तत्काल बाह्र्बिसेमा भएको क्षेतीको क्षेतीपुर्ती दिनका साथै बजार संरक्षणमा लाग्न सबैलाइ निर्देशन दिनु भएको छ ।
भिर कुनाबाट शुरु भएको पहिरो बाह्रबिसे खुर्सानीबारी हुँदै तातोपानी जोड्ने खुर्सानीबारी नजिकैको पक्कि पुल पूर्णरुपमा बगाउँनुको साथै बाह्रबिसेको मुख्य बजारमा बाढी पसेर बजारमा क्षेती पु्याउनुको साथै बस्ती समेत बिस्ताबित गराएको थियो ।
त्यस सम्बन्धमा तत्कार पुलको निर्माण गर्न र माथीबाट आइरहेको पहिरो नियन्त्रणा गर्न समेत सरोकारवालालाइ निर्देशन दिनु भएको थियो । उँहा ले बजारको अनुगमन गर्नुका साथै पहिरो आएको स्थान भिरकुना सम्म गएर त्यँहाको बस्तु स्थितकिा बारेमा जानकारी लिनु भएको थियो । स्थानीयहरुले बस्नेतलाइ बाह्र्बिसे बजार संरक्षणको लागी तत्काल पहल गरिदिन समेत अनुरोध गरेका थिए । स्थल गत निरिक्षणमा नेपाली काँग्रेसका क्षेत्रीय सभापती बालकृष्ण बस्नेत , बजार क्षेत्र वडा नं ४का वडा अध्यक्ष ज्ञानबहदुर श्रेष्ठ लगाएत हुनुहुन्थ्यो ।
बजारमा भएको क्षतीका बारेमा बताउँदै उँहाले नगरपालीकाबाट भएका कामका बारेमा समेत जानकारी गराउँनु भएको थियो ।