तीजको अवसरमा महिला हिंसा विरुद्धको कार्यक्रम

तीजको अवसरमा महिला हिंसा विरुद्धको कार्यक्रमगरिनेभएको छ


चौतारासाँगचोकगढी नगरपालीकाका संस्कार ससंकृतीको जगेर्ना गर्नका लागी बिभिन्न  कार्यक्रमहरुमा सहयोग गर्दै आइरहेको छ । यस सम्बन्धमा चौताराको स्मृती भबनमा निशुल्क योगा संचलन गरिरहेको छ भने नेपाली हिन्दू महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिएसँगै तीजमा गरिने विभिन्न कार्यक्रमहरु तय भएको हो ।


यसैबीच चौतारा साँगाचोकगढी नगरपालिकाको सहयोगमा  नगर स्तरीय महिला सञ्जालको आयोजनामा तीज विशेष महिला हिंसा विरुद्ध सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

यहि भाद्र १९ गते नगरपालिकाको १४ वटै वडा स्तरीय महिला सञ्जालको सहभागितामा उक्त कार्यक्रम हुने महिला सञ्जालका अध्यक्ष मिना नेपालले जानकारी दिनुभयो ।

 महीलाहरु माथी हुने हिसा तथा महीलाहरुको बिषयमा हुने कुनै पनी खालका हिसांका बिरुद्ध चेतनाका लागी पनी यो कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने भएकोले यस्ता कार्यक्रमलाइ आबश्यक सहयोग गरिएको नगर प्रमुख अमानर्सिह तामाङ्गले बताउँनु भयो उक्तकार्यक्रम चौतारा –५ गैरीगाउँस्थित सहिद स्मृति भवनमा विहान १०ः३० बजे हुने नगर स्तरिय महीला सञ्जालका सचिब तारादेबी रानाले  बताउनुभयो ।

, ,
Lokpriyasamachar@. Powered by Blogger.