शिक्षा योजना मस्यौदा तयार

लोकप्रिय समाचार/सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाँउपालिकाले शिक्षा योजना मस्यौदा निर्माण गरेको छ ।
तिनै मस्यौदा अनुसार नै अगाडि बढ्ने पाँचपोखरी थाङ्पाल गाँउपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । साथै गाँउपालिकाले प्रध्यानाध्यापकहरुलाइ आधारभूत कम्म्प्यूटर तालिम प्रदान गरीएको उहाँले जानकारी दिनुभयो । साथै गाँउपालिकाले बिद्यालयहरुलाइ नमुना बिद्यालय घोषणा गरी शिक्षकहरुलाइ पुरस्कृत गरिने र काम नगर्नेहरुलाइ दण्डित गरिने पनि उहाँले बताउनुभयो । गाउँपालिकाले प्राबिधिक बिद्यालयलाइ बिशेष जोड दिएको छ ।
हेलम्बु गाँउपालिकाले पनि शिशु कक्षाका शिक्षकलाइ थप ४००० मासिक  खाजा खर्च र शिक्षकहरुको अप्ठ्यारो अबस्थाको लागि कोष स्थापना गरेको गाँउपालिकाका अध्यक्ष निमा ग्याल्जेन शोर्पाले बताउनुभयो । साथै शिक्षकहरुलाइ बिभिन्न तालिम दिदै आएको उहाँले जानकारी दिनुभएको छ  ।

,
Lokpriyasamachar@. Powered by Blogger.