कांग्रेसको अबको बाटो



रामबाबु कोइराला
नेपाली कांग्रेस नेपाल को राजनीतिक  ईतिहासमा भएका हरेक परिवर्तनको नेतृत्व मा रह्यो। हरेक आन्दोलन को नेतृत्व गरेको कांग्रेस आज आफैभित्र आन्दोलीत भएको छ। कांग्रेस मा ुऐजु र ुऐजेण्डाु को आन्दोलन चल्दै छ। ऐज र ऐजेण्डा को बहस कुन दिशा उन्मुख हुनेछ त्यो हेर्न बाकी छ।
 द्दण्ठद्ध मा सम्पन निर्वाचन ले कांग्रेस लाई राजनीति मा ईतिहास मात्र होईन भविष्य तर्फ पनि हेर्न सचेत गराएको छ। इतिहास दर्पण हो, इतिहास ले देखाएको तस्वीर नै भविष्य को मर्गदर्शन हो।अहीले कांग्रेस लाई इतिहास ले भविष्य को नया तस्वीर कस्तो हुनुपर्दछ भनेर बुझ्ने अबसर दिएको छ। त्यसैले निर्वाचन पराजय अबसर हो। सुध्रिने अबसर,सच्चिने अबसर।
कांग्रेस ले सुधार्नु पर्ने कुरा धेरै छन। पहिलो सुधार  नेतृत्व मा आबश्यक छ। नेतृत्व भनेको निती को कार्यान्वयन गर्ने ठाँऊ हो।
 नेतृत्व इमानदार, दुरदर्शी, पारदर्शी र लचक नभए सम्म जस्तोसुकै गतिशील संगठन पनि जड बन्न सक्छ।साथै कुनै पनि निती को कार्यान्वयन हुन सक्दैन। किनकी नेतृत्व नै संगठन को ड्राइवर हो। उसको कुशल चालकीय दक्षता र क्षमता बाट मात्र सही समयमा सही गन्तव्य मा पुग्न सकिन्छ। यसो भनिरहदा उक्त गाडीमा सबार अन्यको भुमीका अझ महत्वपूर्ण हुन्छ। जस्तो चालक लाई सहयोग गर्नु, शान्तपूर्वक गाडी हांक्ने बाताबरण तयार गर्नु। यद्यपि सहयोगी को सहयोग नेतृत्व को दक्षतामा निर्भर गर्दछ। असल राजनेता ले समयको पदच्चाप लाई सही बिश्लेषण गरि ठीक निर्णय गर्दछन। तर दुर्भाग्य  बिपी, मदनभण्डारी पछि मुलुकमा राजनेता जन्मीएनन्। बर्तमान नेतृत्व संग राजनेता हुने दक्षता छैन।
राजनेता बि।पी कोइराला संग यो मुलुक बनाउने सपना थियो तर समय थिएन। बर्तमान नेताहरू संग समय छ तर सपना छैन।  कांग्रेस को हरेक शब्द मा बिपी को नाम छ। तर सपना छैन, संकल्प छैन।
कांग्रेस यहीनेर चुक्यो। कांग्रेस ले जनतालाई कहिल्यै बताएन कि मुलुक कस्तो बन्न सक्छ, कसरी बन्न सक्छ। जनतालाई केबल इतिहास घोकायो, इतिहास रटायो तर त्यै इतिहास ले देखाएको भविष्य को तस्वीर तर्फ कहिल्यै फर्केर हेरेन। त्यसकारण कांग्रेस ले जनतासामु मुलुक को आगामी घण् वर्षको स्पष्ट रूपरेखा कोर्नुपर्छ र भन्नुपर्छ कांग्रेस के गर्न चाहान्छ।देशको बिकाश कसरी गर्न चाहान्छ।
 सत्ता मात्र होइन सत्ता को सट्टा मा पनि कांग्रेस देश बिकाशको सपना र योजना मा स्पष्ट हुनुपर्दछ ।

दोस्रो सुधार संगठन र सांघठानिक संरचना मा आबश्यक छ।संगठन राजनीतिक दलको जग हो। कमजोर जगमा बलियो घर बन्न सक्दैन। जग बिलियो हुन एक एक ईट बलियो हुनुपर्दछ ।ईट भनेका तल्ला तह मा काम गर्ने कार्यकर्ता हुन। तिनै कार्यकर्ता ले पाटी लाई जीबन्तता दिएका हुन्छन। तर तिनै कार्यकर्ता लाई कांग्रेस ले संधै उपेक्षा गर्यो। कांग्रेस मा सामन्तबाद को अबषेष बाकी रहेको आम कार्यकर्ता लाई महसुस छ।जो  गाऊ गाऊमा पाटीको निती र नेतृत्व  बहस चलाऊछन। गाऊ बस्तीमा राजनीतिक चेतना को बिजारोपण गर्छन ति कार्यकर्ता कांग्रेस को प्राथमिकता मा पर्दैपरेन। चाकडी, चाप्लुसी, मनी र मसल्स ले श्रमजीवी कार्यकर्ता लाई पाखा लगायो। त्यही बाट कांग्रेस को अबसान सुरू भयो। नेताहरूलाई याद हुनुपर्दछ गाऊ का कार्यकर्ता को श्रम मा नै नेताको सम्मान बढेको हुन्छ।
  कांग्रेस को केन्द्र देखी स्थानीय इकाइ सम्म संगठन भए पनि कहिल्यै कुनै पनि समिति  पुर्ण सायदै भएका होलान। महाधिवेशन को दुई वर्ष सम्म केन्द्रीय समितिलाई पुर्णता दिन नखोज्नु को पछाडी नेतृत्व को एकाधिकारबादी सामन्ति मनोबिज्ञान लुकेको बुझीन्छ। यसरी नेतृत्व बाटै संगठन कब्जा गर्न खोजेर संगठनमा गतिशीलता उत्पन्न गर्न सम्भब होला त। यस्तै मनोबिज्ञान जिल्ला देखी तल्ला तह सम्म बलियो छ। यसरी सिमीत ब्यक्ती को फाइदाको लागी सिङ्गो संगठन कब्जा गर्दा संगठन लाई अपूरणीय क्षति त हुन्छनै साथै त्यस्ता अयोग्य ब्यक्ती बाट मुलुक लाई समेत ठुलो क्षति हुन्छ। नेता जनता बाट निर्वाचित हुनुपर्दछ । निर्वाचन स्वस्थ्य प्रतिष्पर्धा हो जहाँ बाट स्वस्थ नेतृत्व जन्मन्छ। कांग्रेस को आधारभूत दर्शन नै स्वस्थ प्रतिष्पर्धा हो तर कब्जा गर्ने मनोबिज्ञान का ब्यक्ती हरू प्रतिष्पर्धा गर्न डराऊछन। यसरी आम कार्यकर्ता लाई दिग्भ्रमित गरी आएको नेतृत्व कुशल संगठक हुन सक्दैन साथै निती र नेतृत्व दुबै स्खलित हुन पुग्दछ। त्यसकारण संगठन सुधार गर्न क्रीयाशील सदस्यता बितरण गर्दा नै सचेत रहनुपर्दछ।साथै केन्द्रीय प्रतिनिधि सम्पूर्ण क्रीयाशील सदस्य बाट निर्वाचन हुने ब्यबस्था गर्नुपर्दछ। यसो गर्दा सम्पूर्ण कार्यकर्ता लाई पाटी प्रति अपनत्व बढ्छ। नेतृत्व लाई जीम्मेवारी बोध हुन्छ। साथै तल्लो तह देखी गुट उपगुट र निषेध को राजनीति अन्त्य हुन्छ।
कांग्रेस मा अर्को ठुलो रोग गुट र निषेध हो। एक गुट ले अर्को गुट लाई पूर्ण असहयोग गर्नु, कुनै एक गुट अर्को गुट लाई कांग्रेस नदेख्नु र पुरापुर निषेध गर्नु पाटी संगठन लाई सबभन्दा घातक क्यान्सर हो।
संगठन मा बिचार समुहहरू हुन्छन तर ति अत्यन्त स्वस्थ विचार, निती र कार्यक्रम मा आधारित हुनुपर्दछ। त्यस बिपरीत कांग्रेसका गुटहरू विचार बिहीन स्वार्थ समूह प्रतित हुन्छन जसले संगठन को गति र दिशा लाई बिमुढ बनाईरहेको छ। कांग्रेस ले देश र जनताको हीत गर्छ भन्ने बिश्वास दिलाउन गुट उपगुट हरू सम्मानित, सहयोगी र स्वस्थ विचार समूहमा परिणत हुनुपर्दछ ।किनकी स्वस्थ र प्रतिष्पर्धात्मक विचारसमूह ले नै संगठन मा ऊर्जा थप्छन।र उत्कृष्ट बिचार नै नेतृत्व को रूपमा स्थापित हुन पुग्यो भने मात्र राजनीति सफल र असल हुन्छ।
अर्को सुधार  सिद्धान्त को पुनब्याख्या मा आबश्यक छ । सिद्धान्त संगठन को साध्य हो भने निती योजना  तथा कार्यक्रम  साधन हो। निर्दिष्ट सिद्धान्त मा पुग्न सो अनुरूप निती तथा कार्यक्रम हरू तय गरिन्छ। कांग्रेस ले भन्दै आएको राष्ट्रीयता, प्रजातन्त्र र समाजबाद को परिभाषा के हो। बिपी कोइराला ले दिनुभएको राष्ट्रीयता, प्रजातन्त्र र समाजवाद को परिभाषा तत्कालीन समयको परिभाषा र बर्तमान बिश्वपरिबेश संग कति समसामयिक छ त्यसको लेखाजोखा गर्नु आवश्यक छ। र समय सान्दर्भिक पुन ब्याख्या गर्नुपर्दछ । राष्ट्रीयता र प्रजातन्त्र को बिषयमा अन्योलता नहोला तर समाजवाद को बिषयमा अन्योल छ। कांग्रेस ले चाहेको समाजबाद र कम्युनिस्ट ले भन्ने समाजबादमा भिन्नता र अन्तर के छ त्यसको स्पष्ट ब्याख्या गर्नुपर्दछ । र कांग्रेस ले चाहेको समाजबाद कसरी पुरा हुन्छ।समाजबादी लक्ष्य पुरा गर्न कस्तो कार्यक्रम हरू आबश्यक छ आदी बिषयमा कांग्रेस ले जनतालाई स्पष्ट बताउनुपर्छ। र सो अनुसारकै कार्यक्रम हरू तय गर्नु पर्दछ।
 कांग्रेस को रूपान्तरण मा युवाको भुमीका बढेर गएको छ। निर्वाचन पराजय पश्चात ऐज र ऐजेण्डा को बहस चर्चा मा छ।
 गगन थापा ऐज ले नेतृत्व लाई जीवन्तता दिन्छ भन्छन अनि बश्वप्रकाश ऐजेण्डा ले। यी दुवै युवा नेता सही छन। दुबैमा ऊर्जा छ, नेतृत्व गर्ने क्षमता छ।आम कार्यकर्ता को चाहाना दुबै नेता को ऊर्जा बाट कांग्रेस को रूपान्तरण होस भन्ने हो। युवा नेता गगन थापा ले कांग्रेस अब पुराना पुस्ता बाट चल्न नसक्ने बताऊदै पुस्तान्तरण गर्न अनुरोध गरे। पुराना र पाका नेताहरू अभिभावक भएर बसिदिन  र आफ्ना अनुभब युबा मा स्थानान्तरण गरी पार्टी लाई गति दिन थापा ले जोड गरे। थापा लगायत युवाहरू को दाबी छ कि युबाहरू मा काम गर्ने जोस छ, जागर छ, साथै समकालीन राजनीति र बिश्वपरिबेश बुझ्ने सामर्थ्य पनि छ। गगन यस अर्थ मा सही छन। ताकी पुराना को अनुभब र नया को जागर को मिश्रण बाट मात्र पाटी मा रूपान्तरण सम्भव छ। गगन ले पटक पटक भनेका छन की पुराना पुस्ता राजनीति बाट अलग हुने नभइ अभिभावक हुने हो।केबल काम गर्ने वातावरण युवा लाई देऊ भनेका छन। किनकी पुराना पुस्ता का  अनुभब, त्याग र संघर्ष  संगठन को मतिष्क हो सम्पत्ति हो। पुराना पुस्ता को संघर्ष लाई सम्मान गर्दै युवाको ऊर्जा लाई सही समयमा प्रयोग गर्ने वातावरण बनाइदिन गगन ले आग्रह गरे बश्वप्रकाश को ऐजेण्डा को बहस पनि यो बिन्दु मा सही छ। बश्वप्रकाश ले भने जस्तो ऐजेण्डा  पुराना पुस्ता का अनुभब ले तय गर्छ त्यसको कार्यान्वयन गगन ले भने जस्तै नयाँ पुस्ता को ऊर्जा ले गर्छ। त्यसकारण बश्वप्रकाश शर्मा र गगन थापा एउटै ठाँऊमा छन। जब यी युवाहरू हातेमालो गर्दै नेतृत्व मा आऊछन तब मात्र कांग्रेस ले भाबि मार्ग तय गर्न सक्दछ।


Lokpriyasamachar@. Powered by Blogger.