थाक्लेमा एकिकृत बस्ति निर्माण हुँदै

देवराज सुदेवी/लोकप्रिय समाचार- भुकम्पले जसरी विनास ग¥यो त्यसरी नै विभिन्न अबसर र समुदायको स्वरुप तथा मुहार मा परिवर्तन ल्याउन सहयोग ग¥यो । थाक्ले एकिकृत वस्ति विकास समितिका अध्यक्ष खिल बहादुर तामाङले ७ दिने सि. एस. ई. वि उत्पादन शिप विकास तालिमलाइ समापन गर्दै बताउनु भयो ।
विगत २ बर्ष अगाडिको सपना समुदायको अग्रसरता, सबैको मेहनतले सफल हुन लागेको मा खुसि व्यक्त गर्दै महिला आत्मनिर्भरता केन्द्र र अक्सफामलाइ धन्यवाद समेत दिनु भयो ।

महिला आत्मनिर्भरता केन्द्र र अक्सफामको साझेदारिता तथा मेलम्ची नगरपालिका को समन्वयमा मेलम्ची नगरपालिका वडा न. १२, थाक्लेमा एकिकृत वस्ति निर्माण हुन लागेको छ । यसैको पुर्व तयारी का क्रममा घर निर्माण का लागी प्रयोग गर्न लागिएको बैकल्पिक इट्टा सि. एस. ई. वि उत्पादनमा सिप विकास गर्ने उद्धेश्य अनुरुप त्यहाका २० जनालाइ सि. एस. ई. वि उत्पादन शिप विकास तालिम २०७५ असोज ३ गते देखि संचालन गरि २०७५ असोज ९ गते समापन गरेको छ । तालिमको समापन समारोहलाइ सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा मेलम्ची नगरपालिकाकि उपमेयर भगवती नेपालले बस्ति निर्माणलाइ समयमानै सम्पन्न गर्नका लागि सबै समुदाय एकजुट हुनुपर्नेमा जोड दिनुभयो । साथै बस्ती सम्म आउने सडक बर्षात को कारण बिग्रिएको भएता पनि अब तत्काल नगरपालिकाले स्तरोन्नति गर्ने साथै निर्माणलाइ तिब्रता दिन नगरपालिका सहयोग गर्न तत्पर रहेको समेत जानकारी दिनुभयो । यस्ता बस्ति निर्माणका क्रममा विविध चुनौति हरु आइपर्ने र यहाँ बस्तिमा बस्ने सबैको एकै खाले तन, मन र बचन हुनुपर्ने बताउदै गिरानचौर एकिकृत नमुना बस्तिले जसरी १२ न. वडालाइ चिनाउन सफल भयो यसले पनि त्यसलाइ तप बढावा दिनेमा आफु विस्वस्त रहेको मेलम्ची नगरपालिका वडा नं १२ का वडा अध्यक्ष राम बहादुर लामाले बताउनु भयो ।
यसै गरि मेलम्ची नगरपालिकाका इन्जिनियर जित बहादुर कार्किले भुकम्पले जसरि यहाको धन जनको क्ष्यति गर्यो त्यसको मुख्य कारण मानिसले निर्माण गरेका संरचनानै रहेकाले अब बन्ने सबै संरचनाहरु भुकम्प प्रतिरोधि हुनुपर्ने कुरालाइ जोड दिदै सि. एस. ई. विको प्रयोग बाट निर्माण गरिने घरहरु आफैमा प्रतिरोधि रहेको जहा यसमा हुने इन्टरलक का कारण घर छिटो नभत्कने कुराको जानकारि गराउदै द्ययिअप उत्पादका क्रममा प्रयोग गरिने सामाग्रिको मात्रामा विशेष ध्यान आग्रह गर्नु भयो ।
परियोना मार्फत थाक्लेमा ३१ वटा घर निर्माण सगैँ खानेपानी, सरसफाइ तथा स्वच्छता, जिविकोपार्जन तथा लैङ्गिक सचेतनाका कार्यक्रम हरु एकिकृत रुपमा संचालन गरिएको महिला आत्मनिर्भरता केन्दका कार्यक्रम व्यबस्थापक कृष्ण बहादुर गुरुङले जानकारी गराउनु भयो । साथै तालिममा सहभागि महिलाहरुले देखाएको तत्परतामा खुसि व्यक्त गर्दै निर्माण कार्यमा महिलाको सहभागिता बढाउन निर्माण समितिलाइ आग्रह समेत गर्नु भयो ।
यसै गरि परियोजनाले पहिलो चरणमा थाक्लेमा घर निर्माण गर्न लागिएको साथै ईन्द्रावती गाउपाँलिका वडा न. ५ बाडेगाँउ स्थित माझि बस्तिमा पनि त्यहाका विस्तापित परिवारलाइ बस्ति निर्माणका लागि समन्वय भइरहेको सस्थाका कार्यक्रम संयोजक उमेश नकर्मीले जानकारि गराउनु भयो ।
परियोजनाले बस्ति सगै त्यहाका मानिसको जिविकोपार्जनमा सहयोग पुर्याउने ध्येयका साथ विभिन्न समुहमार्फत कार्यक्रम संचालन गरिरहेको जसमा ब्लक बनाउने मेसिन बस्ति निर्माण सम्पन्न पश्चात समुदायलाइनै हस्तान्तरण गरिने र जसबाट त्यहाका मानिसले गाउमानै रोजगारी प्राप्त गर्ने अपेक्षा गरिएको सस्थाका अनुगमन तथा मूल्याङ्कन अधिकृत राजेन्द्र चौलागाईले बताउनु भयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.