निर्मालाको न्याय माग गर्दै नेविसंघको प्रदर्शन

लोकप्रिय समाचार/गत साउन १० गते कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएको १३ वर्षिय वालिका निर्माला पन्तको न्यायको माग गर्दै नेपाल विद्यार्थी संघ श्री कृष्ण रत्नगंगा मावि इकाईले हिजो जिल्ला सदरमुकाम चौतारामा विरोध प्रदर्शन गरेको छ ।

हत्या भएको लामो समय हुँदा समेत राज्यले हत्यारा पत्ता लगाउन नसकेको भन्दै संघले विरोध गरेको हो । कुविण्डे चोकबाट सुरु भएको विरोध ¥र्याली टुडिखेलमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघ जिल्ला सचिव विश्व लामाले वर्तमान सरकार हत्यारालाई जोगाउन उत्प्रेरित रहेको बताउनुभयो ।

त्यस्तै इकाई सभापति गिरिराज कटुवालले नेपाल विद्यार्थी संघ रत्नगंगा मावि इकाई सधैं न्यायको पक्षमा लडिरहेको र लडिरहने दृढता व्यक्त गर्नुभयो । उहाँले कञ्चनपुर भएको घटना पछि निरन्तर बलात्कार बढिरहेको र  यसलाई न्यूनीकरण गर्न राज्य अनुदार देखिएको बताउनुभयो ।

उहाँले जस्तोसुकै परिस्थितिमा पनि आफू सधैं न्यायको पक्षमा लडिरहने बताउनुभयो ।





,
Lokpriyasamachar@. Powered by Blogger.