मेलम्ची क्षेत्रमापहिलोपटक कृषीको एटीएम संचालनमा



सागर खड्का, असोज १२ मेलम्ची । बृषीबिकास बैङ्कले मेलम्चीमा पहिलो पटक स्थानीय  मेलमची क्षेत्रका नागरिकलाइ एटिएम सुबिधा दिएको छ ।  सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमाकुनै पनि बैँकतथावित्तीय संस्थाका एटीएम मेसिननभएका बेला कृषिविकास बैंकले असोज १२गते बाट मेलम्चीबजारमा एटिएम सञ्चालनमाल्याएको हो  । बैंकको औपचारिक कार्यक्रममा मेलम्चीनगरपालिकाकाप्रमुख डम्बर अर्याल र कृषिविकास बैंककाप्रमुखकार्यकारी अधिकृत लिलाप्रसाद सिटौलाले संयुक्त रुपमा एटीएमको उद्घाटन गर्नुभएको थियो ।

उदघाटन कार्यक्रममा मेलम्चीनगरपालिकाकाप्रमुख डम्बर अर्यालले  कृषी बिकाश बैङ्क ले यस क्षेत्रका नागरिकलाइ पुर्याएको  सुबि प्रशंशनिय रहेको बताउँनु हुँदै मेलम्ची  क्षेत्रमाकुनै पनि बैंक तथावित्तीय संस्थाले एटीएम सञ्चालनमा नल्याउँदा समस्या भइरहेकामा अब सहजहुने बताउनुभयो । उँहाले   मेलम्ची नगरका  नागरिकको समस्यालाइ हेरेर  कृषी बिकाश बैङ्कले काम गरिरहेको भउता पनी सबै नागरिकमा पहुच पुग्न नसकेको हुँदा सबेमा पहुच पुर्रयाउँन पर्ने बताउँनु भयो ।  कृषिविकास बैंककाप्रमुखकार्यकारी अधिकृत सिटौलाले कृषिविकास बैंकले स्थानीय स्तरमा भएका कामहरुलाइ प्रथमिकतामा राखेर स्थानी कुषी उत्पादनमा प्रोत्साहन दिनका लागी  गाउँकाकिसानहरुलाई कर्जामा सहजतादिँदै आएको र आगामीदिनमावित्तीय साक्षरता सञ्चालन गरी अझ बढी सदस्यहरुलाई सहजतादिने बताउनुभयो । साथै उहाँले कृषिविकास बैंकको नेपालभर २ सय ७० शाखा सञ्चालितभएको  समेत सो अबशरमा जानकारी दिनुभयो ।एटिएम सञ्चालनमाआएसँगै सदस्यहरु खुसी भएका र अझै सेवा वृद्धि गरी सहजबनाउने बैंकका मेलम्चीशाखाप्रबन्धकतोलाकान्तअधिकारीले जानकारी दिनुभयो ।

, , , ,
Lokpriyasamachar@. Powered by Blogger.