सहितातत्काल संसोधनगरिनुपर्नेमाचिकित्सकहरुको जोड


काठमाण्डौ ।नेपालबिद्याथी संघ चिकित्सासास्त्र केन्र्दीय समन्वय समितिद्धारा सोमबारराजधानीमाआयोजितकार्यक्रममाबत्ताहरुले  चिकित्सको मागअनुसार भदौ १ गते बाट लागु भएको मुलुकीएन संहितासंसोधनप्रकिया अघि नबढेको बताएका छन् ।

नेपालबिद्याथी संघ चिकित्सासास्त्र केन्र्दीय समन्वय समितिका संयोजक डा.चन्दन रमनले डाक्टरहरु माथीहिसाँका घटनाहरु बढीरहेको बताउँनु भयो । उँहाले चिकित्सकलेगल्ती गर्यो भनेर त्यसको जरो सम्मनपुग्ने सोझै हातपातगर्ने कुराको बिरुद्ध जेल वीथ आउट बेलको अवधारणा ल्याएको बताउँदै यो अवधारणा जनस्तरसम्मपुग्नु पर्नेमाजोड दिनु भयो । डा. रमनले स्वास्थ्य क्षेत्रमातमामखाले समस्या रहेको उल्लेख गदै यस्मा सरकारको ध्यानगएको छैन तर चिकित्सकहरुलाई कानुनबनाएर जेल कोच्ने कार्य भएको भन्दै तत्कालै ऐन सम्सोधनमाजोड दिनुभयो  । उहाँले  चिकित्सको मनोबल घटाउने हैन मनोबल बढाउने कामगर्न सरकारलाई आग्रहसमेत गर्नु भयो  ।
उपचारको क्रममा  बिरामीको मृत्यु हुनगएमाज्यानमारेको सम्मअभियोग लाग्न सक्ने मुलुकीअपराध सहिताबनाईए यस्तो अवस्थामा यो एन संसोधनगर्न नेपालचिकित्सक संघलागि परेको छ ।  जेल बिथ आउट बेल अर्थात धरौटी बिना जेल चलानगर्ने ब्यबस्था र यस अघि भएको सम्झौताकार्यान्वयनमा ढिला भएकाभन्दै यसलाई तत्काल संसोधनगर्न चिकित्सकहरुले माग गरेका छन् । चिकित्स संघ र सरकारबीचभएको सहमति राष्टिय सभाबाट पारित भएको भन्दै यसलाई तत्कालप्रतिनिधि सभाबाट पनिपारित गरिनुपर्नेमाचिकित्सकहरुले जोड दिएका छन् ।
चिकित्सकलाई अपराधी करार गर्ने खालको कानूनीव्यवस्थानयाँमुलुकी ऐनमा गरेपछि त्यसको विरोध गरेको नेपालचिकित्सक संघका महासचिवलोचनकार्कीले बताउँनु भएको छ ।  नेपालचिकित्सक संघका अध्यक्षमुक्तिरामश्रेष्ठले चिकित्सकहरूलाई जेल सजायदिने कानूनीव्यवस्थाहटाउन आग्रह गर्नु भयो  । उहाँले नयाँमुलुकी ऐनमाचिकित्सहरूलाई कामै गर्न नदिने व्यवस्था गरेको भन्दै सो व्यवस्था हटाएर उपयुक्तनीति तय आग्रह गर्नु भयो   । 
चिकित्सकहरूले अपराधी सरह जेल सजायदिने व्यवस्थाकानूनमा भएपछि त्यसको बिरोधमाचिकित्सहरु छन् । सरकारसँग सहमति पछि चिकित्सको आन्दोलन रोकिएपनि सरकारले ऐन संसोधनमा ढिला गर्ने हो भने चिकित्सक फेरी आन्दोलनमाउत्रिने संघका महासचिवलोचनकार्कीले चेतावनी दिनु भएको छ । कार्यक्रममा नेपालीकाँग्रेसका नेतापूर्व अर्थमन्त्री डा. रामशरण महत, नेपालबिद्याथी संघका अध्यक्ष नैनशिह महरले बिना सर्त चिकित्सकहरुले उठाएको माग सम्बोधनगर्न र ऐन सम्सोधनगर्न सरकारसँग आग्रह गर्नु भयो ।
तर सरकार र चिकित्सक संघ बिच भएको भनिएको सहमतिमास्वास्थ्य संस्थामातोडफोड गर्ने र चिकित्सकलाई हातपातगर्नेलाई धरौटीमा रिहानगर्ने गरि पक्राउगर्नुपर्ने तथा हेलचक्राइ वा लापरबाहीभएको विषयमा सम्बिन्धित काउन्सिलले छानबिन गरेर प्रतिवेदन बुझाएपछि मात्रआवश्यक कारबाही अघि बढाउने सहमतिभएको त्यसलाई यथासिध्र सरकारले कानुनबनाई चिकित्सकहरुको  हकहितकालागि सरकारले दायित्वलिनुपर्नेमा  नेपालीकाँग्रेसका युवा नेताएवम् नेपालबिद्यार्थी संघका पूर्व अध्यक्ष रन्जीत कर्णले बताउँनु भयो  ।

,
Lokpriyasamachar@. Powered by Blogger.