नगरपालिकाले ग¥यो वार्षिक समिक्षा कार्यक्रम

नगरपालिकाले वार्षिक समिक्षा कार्यक्रम गरेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाको आव २०७४÷०७५ मा भएका कारोबारका बारेमा  गरिएको समीक्षामा २०७४/०७५ मा समग्रमा गरिएको आम्दानी र खर्चको बारेमा समिक्षा गरिएको थियो ।




समिक्षा बैठकमा बोल्ने अधिकांशले नगरपालिकाबाट भए गरेका कामहरुलाई पारदर्शितामा रहेको भएतापनि गैरसरकारी संस्थाहरुबाट गरिएको कामहरुका बारेमा नगरपालिकाले समिक्षा बैठकमा विषय समावेश नगरेकोमा टिप्पणी गरेका थिए । जिल्ला सम्मन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा साहयक प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले नगरपालिकाको कामको प्रकृती हेर्दा पारदार्शीता देखिएको बताउँदै जनशक्तिको कमि हुँदाको अवस्थामा पनि यत्तिको कार्य गर्न सफल भएकोमा प्रशंसा गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै उपप्रमुख जानुका पराजुलीले आव ०७४÷७५ मा न्यायिक समितिमा ७६ वटा मुद्धा परेको र ८ वटा निर्णय भएको ४ वटा अदालत पठाएको र अरु कार्यान्वयन हुन बाँकी रहेको बताउँनुभयो ।


नगर प्रमुख अमानसिं तामाङको सभापतित्वमा फिल्ड ट्रेनिङको सभाहलमा भएको कार्यक्रममा १४ वटै वडाका वडाअध्यक्ष तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.