उत्कृष्ठ काम गरेवापत श्रेष्ठ सम्मानित

लोकप्रिय समाचार– मिडिया एड्रभोकेसि ग्रुप म्याकले बुधबार सूचना अभियन्तालाई सम्मान गरेको छ ।
सिन्धुपाल्चोक जिल्लामा समेत संचालित विपत पछिको असुरक्षीत बैदेशिक रोजगारमा सुचनाको हकको प्रयोग परीयोजना मार्फत उत्कृष्ट काम गरेबापत सिन्धुपाल्चोक चौताराकी रीना श्रेष्ठलाई सम्मान सहित पुस्कृत गरेको छ ।
उहाँले सम्मान सहित नगद २५ हजार समेत प्राप्त गर्नुभएको छ । जिल्लामा म्याकको सल्लाहकार समितिले उहालाई केन्द्र समक्ष पुरस्कृत गर्नको लागि सिफरीस गरेको थियो । उहाले सार्वजनिक निकायमा सुचना माग गरेको र अन्य महिलाहरुलाई पनि सुचना माग गर्न लगाउनुभएको थियो । 
साथै सुचनाको हकबारे स्थानिय स्तरमा अभिमुखिकरण कार्यक्रम संचालन गरेवापत उहाँलाई सम्मान गरीएको हो ।

,
Lokpriyasamachar@. Powered by Blogger.