मेलम्चीमा कविता प्रतियोगिता सम्पन्न

लोकप्रिय समाचार/मेलम्ची नगरपालिकाको समन्वय तथा नगर बाल सञ्जालको आयोजनामा हिजो मेलम्चीमा कविता मेलम्ची नगरव्यापी माविस्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । 
राष्ट्रिय बाल दिवस २०७५ को अवसर सुखी नेपाल समृद्ध नेपाल, बाल अधिकार सबैको सरोकार विषयमा कविता लेखी १४ विद्यालयको सहभागितामा प्रतियोगिता भएको छ । प्रतियोगितामा मेलम्ची कम्युनिटी मावि, मेलम्चीकी सुष्मा धिताल प्रथम हुनुभयो भने प्रगति अंग्रेजी मावि, मेलम्चीकी रेखा दुलाल दोस्रो र जालपा मावि, मेलम्ची २ की मनिषा खतिवडा तेस्रो हुनुभयो । जलवाइेदेवी मावि, क्यौरानीकी श्वेता गिरी र बतासे मावि, तालामाराङका बुद्ध तामाङले सान्त्वना स्थान प्राप्त गर्नुभयो ।
कार्यक्रममा मेलम्ची ११ का वडाध्यक्ष रुद्र दुलाल, इन्द्रेश्वरी माविका सहायक प्रधानाध्यापक देवी श्रेष्ठ लगायतले सम्बोधन गर्नुभयो  भने कवि सुरेश बुढाथोकी ‘फकीर’, दिल कार्की, रमेश चापागाईले कविता सुनाउनुभयो । बाल सञ्जालका अध्यक्ष विष्णु दुलालको अध्यक्षतामा कार्यक्रम भएको हो ।

,
Lokpriyasamachar@. Powered by Blogger.