नेकपा मालेको संकल्प जुसुल

नेकपा माले सिन्धुपाल्चोक जिल्लाको आयोजनामा चौतारामा संकल्प अभियान जुलुस निकालिएको छ ।
देशमा बढ्दै गएको राजनीतिक अस्थिरता, बढ्दो महंगी र वर्तमान सरकारले बढाएको करको विषयलाई लिएर शनिबार विरोध कार्यक्रम गरिएको हो ।
टुडिखेलबाट निकालिएको जुलुस बजा परिक्रमा गर्दै सहिद चोकमा गएर कोणसभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै जिल्लाका पार्टी नेता विरसिं तामाङले वर्तमान सरकारले बोलेका कुराहरु बोलीमा मात्र सीमित भएको र काम नै नभएको कुरा बताउनुभयो । देशको शान्तिसुरक्षा अस्तव्यस्त भएको र त्यसले गर्दा चोरी, डकैती, हत्या, हिंसा, बलात्कार जस्तो घटना बढेको बताउनुभयो ।
सबै जनता मिलेर आ–आफ्नो ठाउँको वडा सरकार, नगर सरकारले काम गरेको छ कि छैन त्यसको निगरानी गर्नुपर्ने तामाङले बताउनुभयो ।
यसैबीच शनिबार नेकपा माले सिन्धुपाल्चोक जिल्ला कमिटिको संयोजक बसन्त पाण्डेको अध्यक्षतामा बैठक बसेको छ । स्थायी समिति सदस्य कुमार बेल्बासेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा कृष्णबहादुर ठकुरीले ३ नम्बर प्रदेशको जिम्मेवारीमा भएकोले विरसिं तामाङको संयोजकत्वमा जिल्ला भेला आयोजक समिति बनाएको बताउनुभयो ।
सहिद चोकमा भएको सभामा प्रमुख अतिथि बेल्बासेले वर्तमान ओली सरकारले कम्युनिष्टको पूरै बद्नाम गरेको बताउँदै देशमा झन् देशमा झन अस्थिरता बढेको हुँदा मालेले यो कार्यक्रम गरेको बताउनुभयो । बैठकमा जिल्लामा क्रियाशिल नेकपा माले जिल्ला भेला आयोजक कमिटिलाई पुनर्गठन गर्ने, संसदीय निर्वाचनको बेला प्रदेश सभाका सदस्यका उम्मेद्वार बन्नुभएका वीरसिं तामाङको नेतृत्वमा समाहित हुनेहरुलाई स्थायी कमिटि सदस्य कुमार बेल्बासेले टिका लगाई स्वागत र समाहित गर्ने र उपयुक्त जिम्मेवारी दिने, नेकपा मालेको कामलाई थप व्यवस्थित गर्नेको लागि कमिटि पुनर्गठन गर्ने लगायतकने निर्णय गरिएको थियो ।
बैठकले विरसिं तामाङको संयोजकत्वमा जिल्ला सम्मेलन आयोजक कमिटि गठन गरेको छ । जसको सहसंयोजक रामचन्द्र चुहान, सदस्यहरुमा मुना माझी, अभिशेष तामाङ, विमला भारती, अन्जना तामाङ, चेतबहादुर तामाङ, गैरे शेर्पा, घिसिङ तामाङ, जगतबहादुर थापा, देवी श्रेष्ठ, सुरेन्द्र गिरी, लालबहादुर तामाङ, शेरबहादुर तामाङ, माला तामाङ रहनुभएको छ ।
बैठकमा संकल्प राजनीतिक अभियानमा सरिक तथा नेकपा एमालेमा समाहित हुनेहरु लगायतको उपस्थिति रहेको थियो । 

,
Lokpriyasamachar@. Powered by Blogger.