खानेपानीको सिल्यान्यास २१गते


 नेत्रबहादुरबस्नेत,लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा सागाचोक गढि नगरपालिका वडा नम्बर दश एघार बाह्र् मा सञ्चालन गर्न लागिएको खानेपानीको २१ गते सिल्यान्यास हुने भएको छ । 

जाडेखोला टुनिबोटेहर्रे सागाचोक लिफ्ट खानेपानी योजना को यही भाद्र २१ गते बिहान ११ बजे हर्रे होल्का मा सिन्धुपाल्चोक क्षेत्र नम्बर एक प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री माननीय अग्नि सापकोटा  बाट सिलन्यास गरिने भएको ले सम्पूर्ण खानेपानी उपभोक्ता हरु लाई उपस्थित हुन  समितीका अध्यक्ष दधीराम पराजुलीले अनुरोध गर्नु भएको छ  ।जाडे खोला टुनिबोटे हर्रे साँगाचोक लिफ्ट खानेपानी आयोजनाको निर्माणकार्य शुरु गर्नसगरमाथा कन्डक्सन ले  सबै तैयारी पुरा गरेर कामको शुरु गर्न लागेको हो । दुई बर्ष भित्र योजना सम्पन्न गर्ने गरी अषाढ एकतिस गते योजना सम्झौता भएको छ ।तिन वटै वडाका २२०० घर धुरी का नागरिक लाई खानेपानी को समस्या समाधान गर्न को लागि नेपाल सरकार को खानेपानी बिभाग सुख्खा ग्रस्तक्षेत्र बाट योजना संन्चालन गरिन लागेको हो । जाडेखोला टुनिबोटे हर्रे सागाचोक लिफ्ट खानेपानी योजना को निमार्ण कार्य गर्न सगरमाथा डिलीङ एण्ड कन्स्ट्रक्सन कम्पनी ले बोलपत्र मार्फत १५ करोड ३२ लाखमा ठेक्का लिएको हो । खाने पानी ब्यबस्थापनको लागी जाडेखोला मा जग्गा खरिद गरी सकिएको समेत अध्यक्ष पराजुलीले जानकारी गराउँनु भएको छ ।


, , , ,
Lokpriyasamachar@. Powered by Blogger.