मर्कामा तातोपानी क्षेत्रका स्थानीय

दीपक खत्री/लोकप्रिय समाचार- भूूकम्प र तिब्बतको हिमताल फुटेर भोटेकोसीमा आएको बाढीले चिनसंगको ब्यापारीक नाका तातोपानी तहसनहस भएको छ ।

सरकारले नाका सञ्चालन गर्न चीनको ध्यानाकर्षण गराइरहँदा नदी कटान र पहिरोले यहाका नागरीकको जिवन प्रभावित भएको छ निरन्तरकोे पहिरोका कारण आवातजावत गर्ने सडक छैन ।

खाद्यान्न र औषधि ल्याउन यातायात छैन । अझ वरिपरि पहिराले घेरेपछि कति बेला पुरिने हो भन्ने त्रास यहाँका नागरिकमा छ । नौ किलो कटेपछि नेटवर्क र बिजुली छैन भने महङगिले आकास छोएको प्रभावित स्थानियहरु बताउँछन् ।

सीमाक्षेत्रको सडक तल भोटेकोशी नदिले कटान गर्ने र माथिबाट पहिरोले पुर्ने गरेका कारण नयाँ सडक खोल्नुपर्ने अवस्था छ । स्थानीय तहको बजेटले नभ्याउने भएकाले सरकारका विभिन्न मन्त्रालयमा आग्रह गर्दा पनि कुनै वास्ता नगरेको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलको भनाई छ । मितेरी पुलबाट ४ किलोमिटर पश्चिम दसकिलो, तातोपानी, कोदारी बजार पहिरोले छियाछिया बनाएको छ ।

नाका संचालन हुदा भ्याईनभ्याई हुने यहाँका होटल तथा व्यवसाय अहिले गा्रहक नहुँदा राम्रोसँग चल्न नसकेको उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बेदबहादुर श्रेष्ठको भनाई छ ।

राजमार्गको बाह्रबिसे लिपिङ खण्डको २६ किलोमिटरमा दर्जनभन्दा बढी ठाउँमा पहिरोले सडक कटान गरेको छ । सडककै कारण नाका सञ्चालनमा थप समस्या परेको व्यवसायी र स्थानीय जनप्रतिनिधिको भनाइ छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.