जिल्लामा अन्दर्बुङ कप फुटबल प्रतियोगिता

लोकप्रिय समाचार/सिन्धुपाल्चोकमा तेश्रो अन्दर्बुङ कप फुटबल प्रतियोगिता–२०७५ हुने भएको छ । जिल्लाको लिसंखुपाखार गाउँपालिका–४,बुलबुलेस्थित रहेका अत्तरपुर खेलमैदानमा फुटबल प्रतियोगिता खेलाइने भएको हो । असोज ३१ गतेदेखि सुरु हुने प्रतियोगितालाई अन्दर्बुङ प्रगतिशील युवा क्लबले आयोजना गर्ने भएको छ ।

क्लबका अनुसार प्रतियोगितामा उच्च गोलकर्ता,उत्कृष्ट खेलाडी,क्वाटर फाइनलबाट गेमको म्यान अफ द म्याचलाई समेत पुरस्कार दिइने छ । प्रत्येक पाँच वर्षमा एकपटक हुने अन्दर्बुङ कप यसअघि २०६५ र २०७० दुईपटक आयोजना भैसकेका छन् ।


यसवर्ष अर्थात तेश्रो अन्दर्बुङ कपका बिजेताले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र उपविजेताले ५० हजार नगदसहित मेडल र प्रमाणपत्र सेमिफाइनलको यात्रा तय गरेका टोलीलाई १५,हजारका दरले नगद पुरस्कार दिइने आयोजकले बताए । गाउँपालिकाको कार्यलय भन्दा २ सय मिटर भित्र निर्माणा हुँदै गरेको खेलमैदान खेलाइने यो प्रथम प्रतियोगिता हो ।

यस्तै विजया दशमिलाईनै लक्षीत गरेर ठुलोसिरुवारीमा कप नगर स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा चौतारा सांगाचोकगढि नगर भित्रका क्लवले आफ्रनो वडा संग समन्वय गरी असोज १५ भित्र टिम दर्ता गरीसक्नुपर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम टिमले नगद ५० हजार ,दोश्रोले ३० हजार नगद सहित कप ,मेडल,र प्रमाण पत्र पाउने छन् । प्रतियोगि १३ नम्बर वडामा असोज २३ देखि २६ गतेसम्म संचालन हुने आयोजक ठुलोसिरुवारी खेलकुद विकास समिति सिन्धुपाल्चोकका अध्यक्ष गंगा लाल श्रेष्ठले बताउनुभयो ।

Lokpriyasamachar@. Powered by Blogger.