अग्निपीडित रेडीयो मेलम्चीको सहयोग
लोकप्रियसमचार
अग्नी पिडतलाइ मेलम्ची रेडीयोले सहयोग गरेको छ । मेलम्ची नगरपालिका वडा नं ९, फलामेको अग्निपीडित परिवारलाई रेडियो मेलम्चीले आर्थिक सहयोग हस्तान्तरण गरेको हो । सहायोगी मनहरुबाट संङ्कलित भएको जम्मा छ हजार पाँच सय रुपियाँ रेडियो मेलम्ची सञ्चालन समितिका अध्यक्ष डम्बर रसिक भारतीले पिडीतलाइ हस्तान्तरण गर्नुभएको हो ।
कृष्णबहादुर भुजेल र मायादेवी भुजेल दाजुबहिनी बस्ने परिवारको घर जली खाने अन्नपात लगायतका सामान समेत जलेर नष्ट भएकोमा कहीकतैबाट पनि सहयोग नहुँदा पीडित परिवारले सहयोगको याचना गरेको थियो । नेपाल रेडक्रस सोसाइटीले तत्काल राहतका लागी दिएको सामान पनि आफ्नो घरल्याउने खर्च नहुँदा ल्याउन नसकेको पीडित मायादेवी भुलेलले बताउनुभयो । उँहाले पत्रकारदाजुहरुले हामीलाइ यो रकम दिएर ठुलो गुन लगाएको समेत बताउँनु भयो । पिडीतका बस्ने बास समेत नभएको अबस्थामाजाइकाको घुम्ती डकर्मी समुहको सहयोगमा अब छिटै उहाँहरुको घर बनाउन थालिने जाइका कर्मचारी राम विष्टले जानकारी दिनुभएको छ । फोटो साभार