साबेल चलाएर खान पाउँ भन्दै ध्यानाकर्षण

दिपक खत्री/चौतारा-ईन्द्रावति वगरमा सावेल चलाएर खान पाउँ भन्दै २ सय भन्दा वढि स्थानियले जिल्ला समन्वय समिति र चौतारा सांगाचोकगढि नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।  ईन्द्रावति भिमटार , सांगाचोक भिमटार, झ्याडि र १४ नम्बर वडाका माझि समुदाए एकैसाथ हिजो सदरमुकाम चौतारा आएर ध्यानाकर्षण गराएका छन् ।
क्रसरवालाले ईन्द्रावति वगरमा स्काभेटर प्रयोग गर्दा आफुहरुले सावेल प्रयोग गरेर वालुवा निकाल्न नपाएको माझि समुदाएको गुनासो छ । क्रसरवालाले नदिमा वालुवा झिक्न जादा वालुवा झिकेमा ज्यान मार्ने धम्कि समेत दिएको स्थानिय स्थानिय भिम वहादुर माझिले बताउनुभयो । क्रसरवालाको दादागिरीले आफुहरु वगरमा छिर्नसमेत नपाएको  उनिहरुको गुनासो छ । ईन्द्रावति वगरमा स्काभेटर प्रयोग गरी नदि गहिरीदा खेतियोग्य जमिन बाजो बस्न थालेको समेत उनिहरुको भनाई छ ।
माझी समुदाएले खेति गर्दै आएको ईन्द्रावति वगरमा अहिले क्रसरले ३ वटा स्काभेर प्रयोग गरी बालुवा निकालि रहेको छ । ट्रिपर आएपनि छिर्न नदिने र पहिलेदेखि आफैले कमाई गरेको वगरमा दादागिरी देखाउदै बालुवा समेत झिक्न नदिने गरेको माझी समुदाएको गुनासो छ । 
चौतारामा डेलिगेशन दिन आएको माझी समुदायसँग टुडिखेलमा भेट गर्दै चौतारा सांगाचोकगढि नगरपालिकाका प्रमुख  अमानसिं तामाङले यो विषयमा आफु गम्भीर रहेको बताउदै छलफल गर्ने र सावेल लगाएर खाने वातारवण तयार गर्ने प्रतिवद्धता जनाउनुभयो ।


,
Lokpriyasamachar@. Powered by Blogger.