‘सबैको मनमा बस्न सक्ने बन्छु’

लोकप्रिय समाचारः तपाईंलाई हिरो बन्नु छ कि मोड्ल ? केही समय अघि प्रश्न गरेका थियौ मोड्ल सुदिप श्रेष्ठलाई ।

सुदिपको सरल र छोटो उत्तर थियो मलाई हिरो र मोड्लको कुनै तर्क र अर्थ त्यति आवश्यक भएन जे गर्छु त्यो सबैको मनमा बस्न सकोस् । मलाई त राम्रो मोड्ल बनेर दर्शकहरु र सबैको मन जित्नु थियो कतै जादा पनि सबैले चिनोस तेही भएर यो कलाकारिता छेत्रमा आए किन कि जिन्दगीमा फेरि मौका आउँछ कि आउँदैन, एकपल्ट ट्राइ गर्छु भनेर लागेर हेरे ।


तर त्यही समयदेखि जिन्दगीका धेरै नै समय उथुल पुथुल भयो उनले हास्दै भने । राम्रो साथी भेट्नु व्यावसायिक म्युजिक भिडियाको निर्देशकसँग चिन्जान गराई दिनु र साथीभाइको कारण मोड्लिङमा छिरेका सुदिप सानैदेखि एक दिन मोड्ल बन्नु पर्ला भाग्य अनि ज्यानले साथ दिएमा भन्दा भन्दै आखिर मोड्ल बनेरै छाडे ।

तर उनी मोड्ल बने कि बनेनन्, त्यो उनै जानुन् । तर म्युजिक भिडियोको गन्ती गर्दा र उनलाई  हेरेपछि हामिलाई पनि महशुस भयो उनी अहिलेका चल्ता मोड्ल भने बनिसकेका रहेछन ।

मोड्ल सुदिप म्युजिक भिडियोका चर्चित अनुहार हुन् । बबिन प्रधान ‘टाढा तिमी बिना ’ राजेश पायल राई ‘प्रेम धुन ‘स्मृती घिमिरे ‘मन मोहन कृष्ण’ बिक्कि श्रेष्ठ ‘तिम्रो मेरो चर्चा’ अनिश श्रेष्ठ ‘धेरै जीउनु प्रिय’लगायत धेरै हिट गीतले उनको परिचय स्थापित गराई दिएको छ ।

चकलेटी अनुहार भएकाका सुदिप फक्रिन टेलिभिजन केबलले राम्रै काम गरेको छ । नेपाली कला क्षेत्रमा संघर्ष गरिरहँदा नेपाली फिल्मका कलाकारहरु अनि एक्टर्स स्टुडियोमा अभिनय सिकेको उनले मोड्लिङ सुरु गरे पछी भरपुर उपयोग गरेका छन् । 

म्युजिक भिडियोमा अवसर पाउनु अघि उनले आफ्ना पुराना दिन सम्झिदै भने सानै देखि मर्सल आर्ट, फुट्बल खेलाडी पनि पनि थिएँ त्यसै बिच अभिनय पनि सिकें । यसले गर्दा चान्स पाएपछि देखाइदिन्छु भन्ने मनोबल बदेको थियो त्यो आज पुरा गरेरै छादेका छन सुदिपले हाम्रो तर्फबाट पनि धेरै धेरै बधाई अनि शुभकामना छ उहाँलाई ।

Lokpriyasamachar@. Powered by Blogger.