प्रहरीले ग¥यो महिला र वृद्धाको उद्धार

लोकप्रिय समाचार/जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जिल्लाका सबै पालिकाहरुमा शान्तिसुरक्षा कायम गर्दै अपराधिक गतिविधिहरुलाई नियन्त्रण गर्न हरेक राजमार्गमा चेकजाँच र गस्ती समेत परिचालन गरेको छ ।
विषेश गरी तीजको समयमा हुनसक्ने अपराधिक गतिविधि नियन्त्रण गर्नं गरिएको गस्ती तथा चेकजाँचको कारण बालक, महिला तथा वृद्धको उद्धार भएको छ ।
गत बिहीबार राती ११ बजेको समयमा जिल्ला प्रहरी कार्यालयबाट खटिएर गएका प्रहरी टोली र बन्देउ चौकीको प्रहरी टोलीको संयुक्त गस्तीले चेकजाँच गर्ने क्रममा बन्देउमा  ९८०१ नम्बरको निशान ट्रकमा काठमाडौं तर्फ भाग्न लागेका दुई बालिका महिलाको उद्धार गरिएको छ भने भदौ १४ गते बेबारिसे अवस्थामा भएका एक वृद्धको उद्धार गरी सम्बन्धित आफन्तहरुलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिनुभयो ।
उहाँका अनुसार  भाद्र २८ गते राती ११ बजे जिल्ला प्रहरी कार्याय चौतारा र जिल्ला प्रहरी कार्यालय मातहत रहेको प्रहरी चौकी बन्देउबाट खटिएको प्रहरी टोलीले बन्देउ चोकमा सवारी साधन चेकजाँच गर्ने क्रममा लामोसागुबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ३ ख ९६०१ नं.को निसान गाडीमा घरबाट भागी काठमाण्डौ तर्फ जान लागेको अवस्थामा फला पारिएको थियो  ।
सिन्धुपाल्चोक जिल्ला सुनकोशि गा.पा. वडा नं.७, बस्ने राम बहादुर गहतराजको छोरी बर्ष १८ कि सरिता गहतराज र साली बर्ष २२ कि शर्मीला सिजवाललाई फेला पारी निजहरुको उद्धार गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई राखिएको र अनुशन्धान गरी बालदिवसकै दिन २९ गते शुक्रबार सरिता गहतराजका पिता राम बहादुर गहतराजलाई बोलाई निजका छोरी सरिता गहतराज र निजका साली सर्मिला सिजवाललाई जिम्मा लगाई पठाईएको प्रहरी कार्यालयले जनाएको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले स्थानिय जनताको सुचनाको आधारमा भदौ १४ गते दिउसो चौतारा साँगाचोकगढी सडक खण्डको साँगाचोक जंगलमा खुट्टामा घाँउ भई हिँडडुल गर्न नसकी बेवारिसे अवस्थामा एक व्यक्तिको उद्धार गरिएको थियो ।
नवलपरसी जिल्ला हर्रे जेवी बेलवा घर भएका हर्क बहादुर महतो नाम बताउने अन्दाजी वर्ष ५०–५२ को मानिसलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले उद्धार गरि जिल्ला अस्पताल चौतारा सिन्धुपाल्चोकमा उपचार गराई रहेको थियो ।
उहाँको आफन्तको खोजतलास गरी निजको छोरा अर्जुन महतो र निजको दाई जगरनाथ महतोलाई २८ गते यस प्रहरी कार्यालयको सम्पर्कमा ल्याई हर्क बहादुर महतोलाई सकुसल निजको छोरा अर्जुन महतोको जिम्मा लगाई पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.