त्रिपुरासुन्दरीमा अगुवा कार्यकर्ता भेला

लोकप्रिय समाचार/ सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी गाँउपालिकामा  वडा स्तरिय नेकपाको अगुवा कार्यकर्ता भेला भएको छ ।

आइतबार गाँउपालिकाका प्रमुख तथा  नेकपाका नेता भुपेन्द्र श्रेष्ठको प्रमुख अतिथ्यतामा सम्पन्न भेलामा गाँउपालिका अन्तरगतका वडा नं ४ का अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

लोकप्रिय समचारका प्रतिनिधि राजेश थामी त्रिपुरासुन्दरीका अनुसार वडा नं. ४ मा  भएको भेलालाई सम्बोधन गर्र्दै प्रमुख अतिथि भुपेन्द्रबहादुर श्रेष्ठले जनताका समस्यालाई लिएर अगाडी बढ्न पर्ने आवश्यकता रहेको बताउँदै सामजिक काममा  लागेर पार्टीको नीति तथा पार्टीको निर्देशन अनुसार काम गर्न सबैलाई अनुरोध गनुभयो ।

नेकपाका नेता रामचन्द्र थामीका अध्यक्ष्यतामा भएको भेलामा  ४ नंं वडाका वडाध्यक्ष भोटला थामी सदस्य कमला खड्का लगाएतका उपस्थिति रहेको थियो ।


,
Lokpriyasamachar@. Powered by Blogger.