बाढीको सूचना दिने ‘साइरन’ जडान

लोकप्रिय समाचार/जिल्लाको बाह्रबिसेमा बाढी पहिरोको सूचना दिने साइरन जडान गरिएको छ । हरीमाया फाउन्डेशनले उक्त साइरन जडान गरेको हो ।
बाढी पहिरोले वस्ती जोखिमयुक्त भएको कारण त्यसबाट केही हदसम्म बच्न ३ किमिसम्मको क्षमता भएको साईरन जडान गरिएको फाउण्डेशनका अध्यक्ष नरेशलाल श्रेष्ठले बताउनुभयो ।
बाह्रबिसेका बस्तीलाई मध्यनजर गरी पूर्व चेतावनी प्रणाली सम्बन्धी साईरन जडान गरेको फाउण्डेशनका सदस्य नवीन श्रेष्ठले बताउनुभयो । बाढी पहिरोका कारण बाह्रबिसे क्षेत्रका घरहरु जोखिममा छन् । बस्तीका बासिन्दालाई सुरक्षित हुनका लागि पूर्व सूचना दिने उद्देश्यले साइरन जडान गरिएको श्रेष्ठले जानकारी दिनुभयो । यसअघि साँधी खोलामा आएको बाढीले पुल भत्काउँदा बाह्रबिसे बजार डुबानको जोखिममा परेको थियो ।
त्यसैगरी फाउण्डेशनले बाह्रबिसे खोर्सानिवारी निवासी मिर्गौला पीडित सानु श्रेष्ठलाई २५ हजार आर्थिक सहयोग गरेको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.