महिला माथि भएको हिंसाको मासिक प्रतिवेदन, भाद्र २०७५


महिला माथि हुने हिंसाका स्वरुपहरु दिनप्रतिदिन भयावह रुपमा अगाडि आइरहेका छन् । बलात्कार पछिको हत्या होस् या महिलामाथि भएका एसिड आक्रमणका घटना हुन् यी सबै घटनाहरुले महिलाको शरीर वस्तु नै हो र यसलाई जस्तो तरिकाले उपभोेग गर्दा पनि हुन्छ भन्ने मानसिकता पुष्टि गरेका छन् । नेपालमा भर्खरै मात्र सार्वजनिक भएका घटनाहरुलाई हेर्दा एसिड आक्रमण महिलामाथि हिंसा गर्ने सजिलो माध्यम र एउटा तुच्छ हतियार बनेको छ । जसको जति निन्दा ग¥यो उति कम छ । एसिड आक्रमणकै कारण रौतहटकी किशोरी सम्झना दासले दस दिन लामो अस्पताल संघर्षपछि आइतबार ज्यान गुमाउनुप¥यो । उनकी बहिनी अझै उपचाररत छिन् । सोमबार नवलपरासीमा अर्की युवतीमाथि यस्तै प्रहार भएको छ । यस्ता घटनाहरुल्ो हाम्रो समाज कतातिर गैरहेको छ भन्ने स्पष्ट हुन्छ । यी घटनाहरुलाई हेर्दा सामाजिक रुपमा कमजोर  पारिएका वर्ग तथा समुदायका महिला र बालिकाहरु निशानामा परेको छर्लङ्ग हुन्छ । जसले समाजमा महिला तथा बालिकाहरुको सुरक्षामाथि नै प्रश्न चिन्ह खडा गरेको छ ।
ओरेकको पछिल्लो एक बर्षको तथ्याँकलाई हेर्दा ६ जना महिला तथा किशोरीहरुमाथि यातनाको हतियारको रुपमा एसिड नै प्रयोग भएको देखिन्छ । बैवाहिक या प्रेमप्रस्ताव अथवा जवरजस्ती यौन सम्पर्क राख्न अस्वीकार गर्दा, दाइजोको मामिला या अन्य सामान्य झगडा आदिमा पुरुषले महिलाको अनुहार नै विगार्ने घृणित उद्देश्यका साथ एसिड प्रहार गरेको देखिन्छ । हाम्रो समाजमा रहेको महिला र पुरुषवीचको असमान शक्ति सम्बन्ध र सोही अनुरुप बनेको सामाजिक संरचनामा महिलालाई दोस्रो दर्जाको रुपमा स्थापित गराइएको कारण पुरुषले आफुले चाहेको कुरा जसरी पनि पाउनै पर्ने पुरुष सर्वोच्चताको मानसिकता र नपाएको खण्डमा बदलास्वरुप महिलालाई जीवनभर पीडा दिई उसको यौनिकता माथि प्रहार गर्नु आफ्नो पुरुषार्थ ठान्ने मानसिकताले पनि यस्ता घटना भएको पाइएको छ ।
यसरी नै भाद्र महिनामा मात्रै ओरेक कार्यालर्युमा जम्मा १७० महिला हिंसाका घटनाहरु संकलन गरिएको छ जसमध्ये १०४ वटा घटनाहरु कार्यालमा नै दर्ता भएका छन् ।
 
अभिलेखीकरण भएका जम्मा १७० घटनाहरु मध्ये सबैभन्दा बढी ४८ जना महिला तथा बालिका माथि बलात्कार भएको पाइएको छ भने यसैगरी ३५ जनामाथि कुटपीट, १८ जनालाई खान लाउन नदिने, विवाह दर्ता, जन्म दर्ता तथा नागरिकता जस्ता स्रोत सुविधाबाट बञ्चतीकरण गरिएको, १७ जनामाथि गालीगलौज, धम्की, चरित्रहत्याका कारण मानसिक हिंसा भएको, १३ जनामाथि यौन दूव्र्यवहार र १२ जना महिलाको हत्या भएका तथ्याँकहरु संकलन गरिएको छ ।
यसैगरी हिंसा प्रभावित महिलाहरुमध्ये सबैभन्दा बढी १७ देखि २५ बर्ष उमेर समुहका ३१ प्रतिशत र १६ बर्षभन्दा कम उमेरका किशोरी तथा बालिकाहरु २५ प्रतिशत हिंसाबाट प्रभावित भएका छन् । यसैगरी २६ देखि ३५ उमेर समुहका २१ प्रतिशत, ३६ देखि ४५ उमेर समुहका ९ प्रतिशत, र ७–७ प्रतिशत ४६ बर्षभन्दा माथिका र उमेरसमुह नखुलेका महिलाहरु हिंसाबाट प्रभावित भएको तथ्याँक संकलन भएको छ । हिंसा प्रभावित मध्ये सबैभन्दा बढी ३८ प्रतिशत  श्रीमानबाट, २१ प्रतिशत छिमेकीबाट र परिवारका सदस्यबाट २० प्रतिशत महिलाहरु हिंसा प्रभावित भएका छन् ।
निस्कर्ष ः
एसिड आक्रमण जस्ता जघन्य अपराधका घटनाहरुलाई हल्का रुपमा नलिइकन यस्ता घटनाहरुले दीर्घकालिन रुपमा ल्याउने परिणामहरुमा विशेष ध्यान दिनुपर्ने आजको आवश्यक्ता देखिन्छ । यसका साथै घटनामा संलग्न दोषीलाई कारवाहि त अनिवार्य छँदै छ तर दोषीलाई दिइएको कडा कारवाहीले मात्रै न्यायले पूर्णता पाउन सक्दैन । यसप्रकारका ह्दयविदारक घटनाहरुले त पीडित महिलाहरुको गिर्दो मनोबैज्ञानिक अवस्था, स्थायी रुपमा नै डिप्रेसन, एन्जाइटी आदि जस्ता रोगको शिकार बन्न सक्छन् । सामाजिक रुपमा बहिष्कृत बन्नुपर्ने, काम पेशावाट विमुख हुनुपर्ने पीडा त अझै वर्णन गर्न सकिने अवस्थामा नै छैन । तसर्थ उदाहरणका रुपमा रहेका एसिड आक्रमणमा परि उपचारार्थ बसन्ती परियार, सुष्मिता दास लगायतका घाइतेहरुको सरकारले अविलम्ब सामाजिक सुरक्षा र सामाजिक पुनर्एकिकरणतर्र्फ ध्यान दिनु जरुरी छ । यस्तै ललितपुर गोदामचौरको बलात्कारको घटनामा एकबर्षसम्म पनि प्रभावितले न्याय नपाएको र स्वयम प्रभावित नै विस्थापित हुनु परेकोप्रति सरकारको ध्यानाकर्षण भई समग्र हिंसा प्रभावित महिलाहरुको सामाजिक एकिकरण र न्यायका लागि सरकार जिम्मेवार हुन आवश्यक छ ।


, ,
Lokpriyasamachar@. Powered by Blogger.