अपराध नियन्त्रणमा सक्रिय हुँदै प्रहरी

नेत्रबहादुर बस्नेत, लोकप्रिय समाचार/प्रहरीको पहिलो कर्तव्य शान्ती सुरक्षा प्रदान गर्दै समाजमा हुने अबैध कार्यहरुको रोकवाट गर्नु हो । यी कार्यहरुलाई कमजोर पार्ने खालका कुनै पनि कुराहरुमा कसैसँग पनि सम्झौता नगर्ने सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले बताउँनु भएको छ ।
उहाँले चोरी डकौती र समाजमा अशान्ति हुने खालका क्रियाकलाप  हुन नदिन प्रहरीलाई कडाइका साथ निर्देशन दिँदै स्थानीय स्तरमा  शान्ती सुरक्षा कायम राख्न समेत माताहातका प्रहरीहरुलाई निर्देशन दिँदै अहिले भइरहेको बालुवा तस्करी सम्बन्धी रोक्नका लागी प्रहरीलाई ठुलो समस्या परिरहेका भएता पनि धेरै मात्रामा सफलता हात परेको बताउँनु भयो ।






उँहाले सिन्धुपाल्चोक जिल्लामा मात्र होइन देशको कुनै पनि भागमा   अबैध रुपमा नदीको बालुवा उत्खनन गरेर बिक्री वितरण गर्न नपाइने गृहमन्त्रालयको ४७ बँुदे कार्यक्रममा रहेको र सिन्धुपाल्चोकमा पनि सोही अनुसार जिल्ला समन्वय समिति सहित बसेर यो नीति लागु गरेको हुँदा आफुहरु कानुनको पालना गर्ने र गराउँने भएकाले कानुन नीति निर्देशिका बमोजिम काम गर्न पछि नहट्ने समेत बताउँनु भयो ।
उहाँले हरेक व्यापारी तथा अन्य अबैध व्यापारमा लागेकाहरुलाई    राजनीति पार्टीहरुले दबाब दिँदैमा कार्वाहीमा छुट नदिने बताउँदै राम्रा काम गर्नेलाई सम्मान र नराम्रा काम गर्नेलाई कार्वाही हुने समेत बताउँनु भएको छ । जिल्लाको सुरक्षा स्थिती तथा स्कुल स्कुलमा प्रहरी भन्ने कार्यक्रमका बारेमा  जिल्ला प्रहरी कार्यालय  सिन्धुपाल्चोकद्धारा आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै यस्तो बताउँनु भएको हो ।
जिल्लाका १२ वटा स्थानीय सरकारका प्रमुख तथा उपप्रमुखहरु, सबै प्रहरी चौकीका प्रमुख एबम सञ्चारकर्मीहरु बिच भएको अन्तरक्रियात्मक छलफलमा यस्तो बताउँनु भएको हो । छलफलमा मेलम्ची नगरपालिकाका प्रमुख  डम्बर अर्यालले  खोलामा बालुवा निकाल्नका लागि नगरपालिकालाई  वार्षिक दश करोड रुपैया दिन आएको बताउँदै उहाँले यस्तो अवस्थामा पनि नगरपालिकाले स्वीकृती नदिएको बताउँनुभयो ।
बाह्रबिसे नगरपालीकाका प्रमुख निमफुञ्जो शेर्पाले  शहरमा  हुनेगरेको गुण्डागर्दी कमी गर्नका लागी उपत्यकामा प्रहरीले गुण्डागर्दी माथी निगरानी राख्न थाले पछी सिन्धुपाल्चोकमा आएर गुण्डागर्दी गर्न थालेका गुण्डाहरुलाई समयमा नियन्त्रण गर्न नसके जिल्लाको सुरक्षा स्थिति नाजुक बन्ने तर्फ सचेत गराउँदै माओबदी बिप्लवले समेत आफुलाई चन्दा मागेको बताउँनु भयो ।
गाउँपालिका महासंघका महासचिब समेत रहनु भएको इन्द्रावती गाँउपालीकाका प्रमुख बंशलाल तामाङ्गले नदीमा हुने गरेका बालुवा आतङ्क सँधैका लागी अन्त्य  गरिनु पर्ने बताउँदै यस प्रती सबैले चनाखो भएर काम गर्न पर्ने बताउँनु भयो । नेपाल पत्रकार महासंघका उपाध्यक्ष ज्ञानेन्द्र तिमील्सिनाले  बालुवा मा प्रहरी र स्तानयि सरकार बिच दुरी बढ्न खोजेको स्थानीय सरकारले स्वीकृती दिने प्रहरीले रोकने भए पछी दुरी बढ्न लागेकोमा छलफलद्धारा समस्याको समाधान गर्न पर्ने बताउँनुभयो । कार्यक्रममा पाँचपोखरी थाम्पालधाप गाउँपालिकाका प्रमुख टासी लामा, भोटेकोशी गाँउपालीकाका राजकुमार पौडेल, जुगल गाँउपालीकाका उपप्रमुख सिर्जना तनामाङ्ग, मेलम्ची नगरपालीकाका उप प्रमुख कमला नेपाल लगाएतले  बालुवा आतङ्कका बारेमा बिषेश  चासो राख्दै अबैध काम गर्ने कसैलाई पनि छुट दिन नहुने बताउँनु भयो ।
पछिल्लो तिन महीनामा मात्र जिल्ला प्रहरी कार्यालयले अबैध रुपमा  नदी उत्खनन गरेर बालुवा झीक्ने स्काइभेटर तथा ट्रिपर ट्रकहरु नियन्त्रणमा लिएरजरिवाना मात्र २८१००००।– जममा गराएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जिल्लाका सबै बिद्यालयका ३५००० विद्यार्थीहरुलाई चेतनामुलक कार्यक्रम गर्दै प्रत्यक स्कुलमा प्रहरी कार्यक्रम गर्ने भएको हुँदा सोही कार्यक्रमलाई समेत प्रभावकारिता गराउनका लागि यो छलफल गरिएको हो ।

,
Lokpriyasamachar@. Powered by Blogger.