टि.आई. नेपाले ग¥यो निजि आवास अवलोकन केहि वर्षमा नै फेरी असुरक्षित घर बन्ने खतरा




लोकप्रिय समचार सिन्धुपाल्चोक
भुकम्पपछि बनेका संरचना तथा यसको प्रयाप्तता र उपयोगितालाई आधार मानेर ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालद्वारा संचालित भूकम्पपछिको पुननिमार्ण र पुनस्थापनामा सदाचार कार्यक्रम अन्र्तगत नागरिकहरुले बनाएका निजि आवास अवलोकन कार्यक्रम  गरेको छ। सिन्धुपाल्चोक जिल्लाको  चौतारा साँगाचोकगढी नगरपालिका वडा न १४डडुवामा सोमबार उक्त अबलोकन कार्यक्रम गरेको हो ।

नागरिकहरुले भूकम्पमा आफ्नो संरचना गुमाएपछि नेपाल सरकारले अनुदान स्वरुप रु ३ लाख तिन वटा फरक फरक किस्तामा उपलब्ध गराएको छ । तर नागरिकहरुले उक्त रकम प्रयाप्त नभएको गुनासो गरे पनि आफ्नो क्षमता अनुसार घर निर्माण गरेका छन् । अधिकांश बनेका घरहरु विगतमा बनेका घर भन्दा क्षेत्रफलका हिसाबले निकै कम छ । यस्ता घरहरु नागरिकका आफुनो परिवार संख्या तथा उपयोगिताको आधारमा पनि यस्ता घरहरु सहज छैनन् । त्यसैले अबका केहि वर्षमा नै नागरिकहरुले आफ्ना लागि अर्काे छुट्टै घर बनाउने र जुन भुकम्प प्रतिरोधि नहुने आशंका बढेर गएको छ ।
पुननिमार्णको  चरणमा नागरिकहरुले निःशुल्क रुपमा प्राविधिक पाए पनि कतिले यसलाई सदुपयोग गर्न नसकेको प्राविधिकहरुको  ठम्याई छ । कतिले त गाउँगाउँ आएका प्राविधिकहरुलाई भार ठान्ने गरेको उनीहरुले घर बनाउँदा इन्जिनियरहरु नभएको बेलामा प्रयोग गर्ने गरेका निमार्ण सामग्रीको परिमाणले नै बताउँछ । यस कारण पनि नागरिकहरुले असुरक्षित संरचना बनाउने जोखिम बढेको हो । हाल आएको मापदण्डले र यसमा प्रयोग गरिने सामग्री विगतका तौर तरिका भन्दा स्वभाविक केहि महंगो छ ।
उक्त अवलोकन कार्यक्रममा वडाध्यक्ष शेर बहादुर श्रेष्ठ, सदस्य भेष बहादुर खत्री, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि टेकनाथ गुरागाई, जिल्ला आयोजना कार्यन्वयन ईकाइ(भवन) का प्रतिनिधि कृष्ण ज्ञवाली, गै.स.स. महासंघ प्रतिनिधि सोम सापकोटा,डडुवा भवानी शङ्कर माबी डडुवाका शिक्षक अभिभाबक संघका अध्यक्ष उद्धब नेपाल  जिल्ला आयोजना कार्यन्वयन ईकाइ(भवन)का इन्जिनीयर पुर्ण बहादुर वि.क., जाइकाका इन्जिनियर देबराज जोशी तथा टि.आई नेपालका जिल्ला अधिकृत उमेश विश्वकर्मा लगायतको टोलीको सहभागीता रहेको थियो । साथै सोही टोलिले गोल्मा देवि खानेपानी आयोजना समेत अवलोकन गरेको थियो ।  खाश गरी भ्रष्टचार बिरोधी अभियान लिएर अगाडी बढीरहेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल सिन्धुपाल्चोक द्वारा  जिल्लाका बिभिन्न स्थानहरुमा बिभिन्न कार्यक्रम लिएर प्रत्यक्षरुपमा नागरिकहरु सँग पुग्ने गरेको र त्याँहा देखीएको अनीयमितता तथा भ्रष्टाचार बिरुद्ध आबज उठाइरहेको छ । 

, , , , , ,
Lokpriyasamachar@. Powered by Blogger.