विभिएस नेपालद्धारा सिन्धुपाल्चोकमा प्रशिक्षण


 सिन्धुपाल्चोक जिलला स्थित चौतारमा  जलन ब्यबस्थापन समबन्धी २दिने प्रशिक्षण गरिएको छ ।




अग्नी हिंसापिडत नेपाल (विभिएसनेपाल) आयोजन र  नेपाल बन सोसाइटीको सम्मन्वयमा भएको प्रशिषण कार्यक्रममा चौतारा साँगाचोक गढी नगरपालीकाका सबै स्वास्थ्य  कार्यलयका स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।
कादोरी च्यारिताबले फाउण्डेशन को सहयोगमा प्रशिषण कार्यक्रम भएको हो ।
प्रयोगात्मक प्रशिक्षण दिइएको  प्रशिक्षण कार्यक्रमका बारेमा प्रकाश पार्दै विभिएसका कार्यकारी निर्देशक  प्रतिक्षा गिरीले   २०७२को महा भुकम्पका समयमा  आफु सिन्धुपाल्चोक आउँदा जलन पिडीतका बिषयमा कुनै पनी ब्यबस्था भएको नदेखीएको र  जलन पिडीतको तत्काल उद्धार  गर्न समेत समस्या भएको देखीएकाले आफुले यो कार्यक्रम राखेर जिल्लाका नागरिकलाइ  उपचारमा सहयोग गर्ने बाताबरण तैयार गर्न लागीएको बताउँनु भयो  ।
सिन्धुपाल्चोक प्राय ग्रामीण क्षेत्र भएकोले याँहाका मानीसहरु चुल्होमा दाउरा बालेर आगो  फुकेर  खान बसालेर बाहीर भित्र गर्दा समेत बच्चाहर जलन हुन सक्ने तथा बिभिनन कारणले आगोले पोलेर वा अन्य कुनै प्रकारले  शरिर जलन हुने हुँदा  सके सम्म त्यस्तो घटना हुनै नदिन र भइ हाले पनी  तत्काल  उपचार  कसरी गर्ने भन्ने बिषयमा प्रशिक्षणको आबश्यकता देखेकोले यो प्रशिषण दिन परेको बताउँनु भयो । नेपाल बन एसोसियशनका  अनील धिताल , डाक्टर  शन्देश प्रकाश मास्के,डाक्टर बालमुकुन्द बस्नेत,शिष्टर नरदेबी बरियार  लगाएतले सहभागहिरुलाइ दुइ दिन सम्म प्रशिक्षण दिइएको थियो ।
प्रशिक्षण कार्यक्रममा  बोल्दै जिल्ला स्वास्थया कार्यलय चौतारा अस्पतालका डाक्टर पोमावती थापाले  सिन्धुपाल्चोकको  मानीसलाइ यो  समस्याबाट   पिडीत भएका जलन पिडीतलाइ उपचारको लागी समस्या   भइरहेको  अबस्थामा यो प्रशिक्षण कार्यकार्यक्रम राखेकोमा  आयोजकलाइ बिषेश धन्यबाद दिदै  सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालीकाका स्वास्थ्य कर्मीहरुलाइ  यसरी  प्रशिक्षण दिइएर जलनको पनी उपचार मा सहज गरिदिएकोमा   विभिएस नेपाल  र नेपाल बन एशोयिसनलाइ  समेत धन्यबाद दिनु भयो ।
प्रशिक्षण कार्यक्रममा शन्देश मुलकप फ्ल्याक्सप्रिण्ट समेत बितरण गरिएको थियो ।
 विभिएस नेपाल  ई स २००८मा स्थापित भएको विभिएस नेपालले  बिषेश गरी महीला हिसां बिरुद्ध बिभिन्न कार्यक्रम हरु  गर्दै यस सम्बन्धी चेतनामुलक कार्यक्रम गर्ने र  बिषेश गरि बिभिनन कारणले जलनमा परेका पिडीतका उपचारका लागी काम गर्दे आइरहेको छ ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.