राहत शिक्षकद्वारा शैक्षिक संस्था बन्द, इन्द्रावतीले जारी गर्यो विज्ञप्ती
लोकप्रिय समाचार/राहत शिक्षकहरुले विभिन्न माग राखेर आन्दोलित भएपछि मंगलबार र बुधबार सिन्धुपाल्चोकका सामुदायिक विद्यालयहरु बन्द भएका छन् ।
राहत शिक्षकहरुलाई एकमुष्ट स्थायी गर्न जारी हुन लागेको संघीय ऐनमा नीतिगत व्यवस्था गरिनुपर्ने, शिक्षक सेवा आयोगले लिने परीक्षामा राहतमा कार्यरत शिक्षकलाई उमेर हदवन्दी लगाउन नहुने, शिक्षकबीच भइरहेको सबैखाले विभेद अन्त्य गर्नुपर्ने जस्ता विभिन्न माग राखेर राहत शिक्षकहरुले सरकारी विद्यालय बन्द गराएका हुन् ।
साथै विद्यार्थीहरुको पढ्न पाउने हकलाई कुनै पनि तवरले सकुंचन तथा अवरोध पार्नु हुन्न बरु आफ्नो हक अधिकार प्राप्तिका लागि विद्यालय बन्द गरी हड्ताल गर्नुका अलावा अन्य प्रक्रिया अवलम्बन गरी विद्यार्थीहरुको पठनपाठन गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुन समेत अनुरोध गर्दै यस गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत राहतका शिक्षकहरुलाई विद्यालय बन्द नगरी पठनपाठन गतिविधि अविलम्व सूचारु गरी सहयोग गर्नुहुन ईन्द्रावती गाउँपालिका सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछ विज्ञप्तीमा भनिएको छ ।