‘योगा सिकाई निःशुल्क सेवा गर्न पाउँदा खुसी छु’

पतञ्जली योग समितिका ३ नं. प्रदेशका संयोजक (प्रमुख) ग्रूवेन तौजले जसले १५ वर्ष अगाडीदेखि निरन्तर रुपमा सेवा गरिरहनु भएको छ । आफूलाई योगाका कै कारण शरीरमा लागेको रोग निको भएकोले यो सेवामा लागेको बताउनु हुने तौजलेको स्थाइ ठेगाना भने काभ्रेपलाञ्चोक जिल्ला बनेपा हो । उहाँसँग सिन्धुपाल्चोक चौतारामा योगा प्रशिक्षणमा आएको मौका पारेर गरिएको छोटो कुराकानी ।


तपाइलाई यो सेवामा लाग्ने प्रेरणा कसरी मिल्यो ?
म पहिले यातायात क्षेत्रमा काम गर्ने यातायात व्यवसायी पनि हँु । मलाई आप्mनो पेशामा काम गरिरहँदा चिनी रोग लागेकोले उपचार गर्दागर्दा हैरानी जस्तै भएको थिए । पछि मैले योगा गर्न थालेपछि  बिस्तारै मेरो रोग निको हुँदै गयो ।
मैले हरेक गरेर पैसा खर्च गरेर उपचार गर्दा पनि समयमा रोग निको नभएको तर योग गर्दा भएकोले मैले योग गर्नका लागि अरुलाई पनि सल्लाह दिन थाले र अरुलाई पनि योगा गर्न लगाएर यस्ता समस्यामा परेकाहरुको समस्या समधान गराउनका लागी म यो सेवामा लागेको हुँ ।
तपाइले यो सेवामा लागेको कति वर्ष भयो ? र कुन–कुन जिल्लामा सेवा दिनुभयो ?
म यो सेवामा लागेको १५ वर्ष पूरा भयो मैले देशको सबै जिल्लाहरुमा गएर निःशुल्क रुपमा योगा सिकाइ रहेको छु ।
यसरी सेवा गरेर हिँडदा कतिको सहयोग पाउनु भएको छ ?
मैल सहयोग पाएको छु । जँहा जँहा म जान्छु त्यहाँ त्यहाँका नागरिकहरुले   मलाई योगा गूरु भन्ने गर्छन् र मलाई योगा सम्बन्धी ज्ञान सोध्न थाल्छन् । म पनि बताउँछु समय बितेको पत्तै हुँदैन सबैले सहयोग गरेकै छन् । 
सरकारको तर्फबाट कस्तो सहयोग पाउनु भएको छ ?
सरकारले यो सेवाका लागी आप्mनो ठाँउबाट गर्नुपर्ने सहयोग गरेको छ । सन् २०१५ जुन २१ तारिखमा भएको संयुक्त राष्ट्रिय महासभामा  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा नेपालका तत्कालिन प्रधानमन्त्री शुशिल कोइरालाको समर्थनमा जुन २१ लाई अन्तराष्ट्रिय योग दिवस मनाउने प्रस्ताव समेत पास भएको थियो । त्यसै अनुरुप नेपाल सरकारले पनि योग शिक्षालाई पनि महत्व दिँदै आएको छ ।
योगा गर्दा के–के कुरामा फाइदा हुन्छ ?
यसले खास गरिकन भाँचिएका र पेट सम्बन्धी शल्यक्रिया गर्न पर्ने रोग बाहेक सबै निको हुन्छ । ग्याष्ट्रिक, चिनी रोग, बाथ रोग, क्यान्सर, प्रेशर, पायल्स, नशा च्यापिएको सबै रोगको योगा गर्नाले निको हुन्छ ।
यो सेवालाई सरकारले के गर्दा अझ प्रभावकारिता हुन्छ होला ?
सरकारले खास गरिकन सरुवा रोगलाई मात्र नियन्त्रणका लागि खर्च गरेको देखिन्छ । नसर्ने रोगका लागी पनि नियन्त्रण गर्न जरुरी रहेकाले त्यस तर्फ ध्यान दिन जरुरी देखिन्छ ।
योग गरेपछि हुने फाइदाहरु के–के हुन् ?
यसमा सबै फाइदै फाइदा छ । बेफाइदा भनेको केही पनि छैन । योगा गर्ने मानिस सँधै स्वस्थ रहन्छ । उसलाई ग्यास्ट्रिक रोग, पायल्स रोग चिनी रोग, क्यान्सर रोग शरीरलाई थकान हुन लगायतका सबै समस्याका समाधान हुन्छन् । त्यसैले त विश्वका धेरै भन्दा धेरै मानिसहरु योगामा बढी बिश्वास गर्न थालेका छन् ।
तपाई सबै ठाउँमा निःशुल्क प्रशिक्षण दिइरहनु हुन्छ, खर्च चाँही कसरी धान्नु भएको छ ?
हो मैले सबै ठाँउमा निःशुल्क सिकाइ रहेको छु । सबभन्दा पहिलो कुरा त म आफू यस प्रति पूर्ण विश्वस्त छु । योगका कारण मलाई कुनैपनि रोग लागेको छैन । 
मैले योग गरिन भने अनि सिकाइन भने मलाई रोग लाग्छ त्यही लागेको रोग उपचार गराउन पनि त खर्च लाग्छ नि मैले त्यहि सोचेको छु हरेक मानिसले उपचारमा खर्च गर्ने गर्छन् योगामा खर्च गर्न पर्दैन र म पनि आफ्नै खर्चमा सिकाई रहेको छु । यसरी सेवा गर्न पाउँदा म अत्यन्त खुसी पनि छु ।
अन्तमा केही छ की ?
मेरो भनाई सबै नागरिकले योगा गरेर स्वास्थ्य बन्न पर्छ र योगा नै सबै हो भनेर अगाडी बढ्न पर्छ भन्दै म खास गरी सेवा गर्न रुचाउँने भएको ले प्रचारमा भन्दा पनि सेवाको काममा म लागिरहेको छु । सेवा नै मुख्य धर्म हो त्यसेले म सेवा गरेर धर्म कमाइरहेको मानिस हुँ । मलाई सेवा गर्ने मौका सबैले दिइरहनु भएको छ । त्यसमा सबै नागरिक प्रति विशेष धन्यवाद टक्रयाउँदै  मलाई केही कुरा राख्न दिनु भएकोमा लोकप्रिय समचारलाई समेत विशेष धन्यवाद दिन चाहन्छु ।

Lokpriyasamachar@. Powered by Blogger.