बिपद व्यवस्थापन गोष्ठि सम्पन्न

देवराज सुवेदी/मेलम्ची नगरपालिकाले एकिकृत नगर बिकास गुरु योजनाका लागि बिपद ब्यवस्थापन तथा जोखिम संबेदनशिलता भु उपयोग योजना अन्र्तगत सरोकारवालाहरु संगको गोष्ठि हिजो मेलम्चीमा सम्पन्न गरेको छ ।
गोष्ठिमा मेलम्ची नगरपालिका भित्र कहाँ कहाँ प्राकृतिक बिपत्ति बाढि, पहिरोले क्षति गरेका छन् कुन कुन ठाउंमा चट्याङ, जंगलि जन्तुको आक्रमण, आगलागि, भएका छन् र आगामि दिनमा कसरी योजना बनाएर बिपद ब्यवस्थापन गर्ने भन्ने बिषयमा छलफल भएको थियो । पहिलो चरणमा तथ्याङकं संकलन गरी केहि दिनमा बिपद ब्यवस्थापन योजना बनाइने सहरी तथा क्षेत्रिय योजना बिद् बिश्वदेब भट्टराईले जानकारी दिनुभयो ।
छलफलमा नगरपालिकाका कर्मचारी वडा अध्यक्षहरु, प्रहरी, सेना, रेडक्रस, स्काउट, पत्रकार लयायतले सबैभन्दा पहिलो प्राथमिकता  बिपद ब्यवस्थापन लाई दिनुका साथै बिपदमा आइपर्ने अत्याबश्यक सामाग्रिको ब्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए । मेलम्ची नगरपालिकाका सुचना अधिकारी जित बहादुर कार्कीले नगरपालिकाले आगामि दिनमा अन्य गाउंपालिका संग समन्वय गरेर बिपद ब्यवस्थापनको सामाग्रि खरीद गर्ने बताउनुभयो । मेलम्ची नगरपालिकाले २७ लाखको बिपद ब्यवस्थापन कोष खडा गरेको छ ।

Lokpriyasamachar@. Powered by Blogger.