नेवारी संस्कृतिको जगेर्ना गर्न सांस्कृतिक कार्यक्रम

लोकप्रिय समाचार/नेवारी भाषा र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले सदरमुकाम चौतारामा वृहत सांस्कृति कार्यक्रमको आयोजना गरिएको छ ।

सिन्धु नेवाखलको आयोजनामा भएको उक्त कार्यक्रममा नेवारी संस्कार र संस्कृति झल्कने दर्जन बढी झलकहरु प्रस्तुत गरिएको थियो । बाँसुरी बाजा, ख्याक लगाएतका प्रस्तुतिले दर्शकलाई मन्त्र मुग्ध तुल्याएको थियो ।

नेपाल मजदुर किसान पर्टीका अध्यक्ष नारायणमान बिजुक्छेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्लाका बाँसुरी बाजावाट प्रशिक्षित ३२ जना कलाकारलाई दीक्षित गरिएको थियो ।

चौतारा साँगाचोकगढी नगरपालिका तथा ५ नं. वडा कार्यालय, भक्तपुर बचत तथा ऋण सहकारी संस्था र  विभिन्न व्यक्ति तथा वित्तीय संस्थाको सहयोगमा तीन महिना सम्म संचालित तालिम संचालन भएको थियो ।

कनर्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि बिजुक्छेले सरकारले सबै धर्म, संस्कार र संस्कृतिलाई राष्ट्रिय मान्यता दिनु पर्ने बताउनुभयो । राज्यको निम्ति सवै धर्म र संस्कृति  साझा हुनु पर्ने उहाँको भनाई थियो । प्रज्ञा प्रतिष्ठन तथा विश्वविद्यालयहरुले संस्कृति जगेर्नाको लागि काम गर्नुृ पर्ने उहाँको तर्क थियो ।

कार्यक्रममा सांसद सरेश नेपाल, सुरेन्द्रराज गोसाईं, पूर्व सांसद कृष्णराज श्रेष्ठ, जिल्ला समन्व समितिका प्रमुख कृष्णगोपाल तामाङ, चौतारा साँगाचोकगढी नपाका प्रमुख अमानसिं तामाङ, सिन्धु नेवा खलका कृष्णगोपाल श्रेष्ठ, प्रमुख प्रशिक्षक रविन कपाली लगाएतकाले मन्तव्य राखेका थिए ।





कार्यक्रममा सहयोगी दाताहरुलाई सम्मान गरिएको थियो । शोभा उलकको स्वागत मन्तव्य, कमलचरण कक्षपतिको संचालन तथा सिन्धु नेवाखलको अध्यक्ष माधवलाल कर्माचार्यको अध्यक्षतामा कार्यक्रम भएको हो ।

,
Lokpriyasamachar@. Powered by Blogger.