विभिन्न कार्यक्रम गरी विपि जन्मजयन्ती
राजनीति, साहित्य र समाजवादका अध्यता स्व.महामानव वि.पि कोईरालाको १०५ औ जन्मजयन्ती देशभर विभिन्न कार्यक्रम गरि मनाईएको छ ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको बिरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई ‘पार्सल’ गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानु परेको थियो ।
यसैबीच नेपाली कांग्रेस सिन्धुपाल्चोकले स्व.कोइरालाको जन्म जयन्तीको अवसरमा जिल्ला अस्पताल र वृद्धाश्रमामा फलफूल वितरण गरेको छ ।
वृद्धाश्रम र अस्पतालमा रहनुभएकाहरुको सु–स्वास्थ्य र दिर्घायुको कामना सहित फलफूल वितरण गरिएको हो ।
कार्यक्रम पश्चात् नेपाली कांग्रेस सिन्धुपाल्चोक सचिव बिलबहादुर तामाङले विपि कोईरालाको महत्वपूर्ण योगदानको स्मरण गर्दै उहाँको समाजवादलाई अनुशरण गरेर अगाडि बढेमा मुलुकले छिट्टै सम्वृद्धि प्राप्त गर्ने बताउनुभयो ।