उद्योग वाणिज्य संघले ग¥यो विद्यालयलाई सहयोग

रामबाबु कोइराला/लोकप्रिय समाचार-भोटेकोशी गाउपालिका वडा नं ५ मा रहेका सम्पूर्ण विद्यालयलाई उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकले शैक्षिक सामाग्री सहयोग गरेको छ । वडामा रहेका ७ वटै बिद्यालय लाइ शैक्षिक सामाग्री सहयोग गरेको हो ।
वडा मा ३ वटा माध्यमिक विद्यालय र ४ आधारभूत बिद्यालय रहेका छन भने कूल बिद्यार्थी संख्या ७१५ रहेको छ । संघले २२ सय थान कपी, १५०० थान कलम, ७७५ थान झोला, ४० थान नोटबुक र २ थान कम्प्यूटर सहयोग गरेको छ ।

 ५४ औ वाल दिवसको अवसरमा यहाँ स्थित भिमसेन माबिमा आयोजित कार्यक्रममा संघका अध्यक्ष वेदवहादुर श्रष्ठले सहयोग सामाग्री हस्तान्तरण गरेका हुन । विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याउन सहयोग सामाग्री बितरण गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभएको छ ।’ यहाँका बिद्यार्थीहरूमा धेरै राम्रो गर्न सक्ने सम्भावना देखेको छु । बिद्यार्थीको उक्त सम्भावना लाई प्रोत्साहन गर्ने प्रयास गरेका छौं’ ।
उक्त कार्यक्रममा बोल्दै गाउपालीकाका अध्यक्ष राजकुमार पौडेलले आफ्नो पालीका भित्रका बिद्यालयलाई नमुना बिद्यालय बनाउने उद्धोष गर्नुभएको छ । शिक्षामा सबै समान पहुंच बनाउन आफु प्रयासरत रहेको बताउनुभएको छ । यसैगरी भिमसेन माविका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कुमार राउतले उद्योग बाणिज्य संघ र अध्यक्ष श्रेष्ठलाई शैक्षिक सामाग्री सहयोग गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।
कार्यक्रममा बालबालिकाले सन्देश मुलक नाटक र नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा बालबालिकाले आफ्नो अधिकारका लागी आफै सजग हुनुका साथै अभिभावकलाई समेत सचेत गराउनु पर्ने बताएका छन् ।

,
Lokpriyasamachar@. Powered by Blogger.