पाँचपोखरीमा मदिराजन्य पदार्थ किनबेचमा कडाई

लोकप्रिय समाचार/सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर १ ले मदिराजन्य पदार्थ किनबेचमा कडाइ गरेको छ । वडाले सूचना प्रकाशित गरी बेलुका ५ बजेदेखि ८ बजेसम्म मात्र मादक पदार्थ बेच्न तथा किन्न पाइने जनाएको हो ।

मादक पदार्थ सेवन गरी सार्वजनिक स्थललगायत अन्य ठाउँमा पनि समुदायको शान्तिसुरक्षामा खलल् पु¥याउने काम गर्न नपाइने,सार्वजानिक स्थल तथा समुदाय क्षेत्रमाजुवा, तास खेल्न र खेलाउन नपाइने पनि वडाले जनाएको छ । कुनै पनि सार्वजनिकपद धारण गरेका व्यक्तिले मादक पदार्थ बिक्री गर्न नपाइने भएको छ ।

एक वडाबाट अर्को वडामा मादक पदार्थ ओसारपसार गर्न नपाइने र विवाह, ब्रतबन्ध, घेवा,मेलापात जस्ता सामाजिक कार्यमा प्रयोग हुने मादक पदार्थ न्यूनीकरण गर्दैै लैजान पर्ने पनि सूचनामा उल्लेख गरीएको छ ।
वडाले गरेको व्यवस्था उल्लङ्घन गरेमा सम्बन्धित वडाबाट पाइने सेवासुबिधाबाट वञ्चित गराइने वडाअध्यक्ष सूर्यमान दोङले जानकारी दिनुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.