मेलम्चीले गर्यो सार्वजनिक सुनुवाइ


देबराज सुबेदी मेलम्ची नगरपालिकाले  सार्बजैनिक सुनुवाइ गरेको छ । आफुना वडाकार्यलयहरले के कस्ता काम गरिरहेका छन । वडाबाट भएका कामकार्यहरको पारदर्शिता छ की छैन भनने बिषयमा आधारित रहेर  वडास्तरीय सामाजिक सुरक्षा भत्ता वितरण र सार्वजनिक सुनुवाइ कार्यक्रम   गरेको हो  ।  मेलम्ची नगरपालीकाको आयोजनामा वडा नं ११ को संयोजनमा भएको सो कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख भगवती नेपालले एकल महिला, अशक्त र बालबालिकाका  बिषेश सहयोग गर्नका  लागि नगरपालीकाले बजेट छुट्याएको बताँउनुभयो । उँहाले नगरका कुनै पनी नागरिकहरुलाइ  कुनै पनी समस्या नपरोस भनेर नगरपालीका  चनाखो रहेको समेत बताउँदै नगरपालीकाबाट भए गरेका कामहरुको पारदर्शितामा स्थानीय नागरिकले पनी सहयोग गर्न पर्ने बताउँनु भयो ।  कार्यक्रममा सामाजिक सुरक्षा विवरण सार्वजनिक गर्ने पहिलो वडा पनि ११ नं वडा भएको उहाँले दाबी गर्दै यो कार्यक्रम राखेर  नागरिकहरुलाइ सबै कामको जानकारी गराउँन पाउकोमा खुशी समेत ब्यक्तगर्नुभयो । सो कार्यक्रममा बोल्दै वडाध्यक्ष रुद्रप्रसाद दुलालले  आफ्नो वडामा कुल विवरण रकम ७१ लाख ८६ हजार ८ सय रुपियाँ ज्येष्ठ नागरिक, ज्येष्ठ दलित, एकल महिला, विधवा महिला, पूण अपांग, आंशिक अपांग, पाँच वर्षमुनिकका दलित बालबालिकाका लागि खर्च भएको बताउनुभयो । वडाध्यक्ष दुलालले अशक्त बृद्धहरुलाई लक्षित गरी घरदैलोमै गएर भत्ता वितरण गरिने पनि जानकारी दिनुभयो । नगरापालीकाले स्थानीय नागरिकका लागी घर दैलो अभियान चलाएकोमा जेष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकहरु बढी खुशी देखिएका छन । 


,
Lokpriyasamachar@. Powered by Blogger.